• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तपाइँ बालबालिकालाई मोबाइल खेलाउन दिनुहुन्छ ? ख्याल गर्नुहोस् क्यान्सरसम्म रोग लाग्नसक्छ




घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आयोजनामा वडाभित्रका विद्यालयलाई लक्षित गरी शिक्षा मनोविज्ञानसम्बन्धी गोष्ठी गरिएको छ ।

गोष्ठीमा मानसिक स्वास्थ्य विज्ञ डा. सुशील कँडेलले बालमनोविज्ञानबारे विस्तृत जानकारी गराउनुभएको थियो । नेपालमा चलिरहेको शिक्षा प्रणाली बालमनोविज्ञानअनुकूल नभएको उल्लेख गर्दै उहाँले यसलाई बदल्नुपर्ने बताउनुभयो ।

विद्यार्थीलाई गृहकार्य दिने र नम्बरका पछाडि दौडाउने शिक्षा प्रणाली मनोविज्ञानअनुकूल नभएको भन्दै उहाँले कम्तीमा कक्षा ३ सम्म गृहकार्यमुक्त विद्यालयको अवधारणा लागु गर्नुपर्ने र यसका लागि घोराही उपमहानगरपालिकाले पहल लिनसक्ने उहाँले बताउनुभयो ।

त्यस्तै बालबालिकाका लागि मोबाइल घातक रोग भएको उल्लेख गर्दै उहाँले यसकै कारण कैयन बालबालिकालाई क्यान्सरसम्म भएको र मनोविज्ञानका हिसाबले पनि बालबालिका कामै नलाग्ने हुने बताउनुभयो ।

जुन उमेरमा जुन क्षमता हो, त्यहीअनुसार विकास हुन दिनुपर्ने सुझाव दिंदै उहाँले विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोग पनि गलत अभ्यास भएको बताउनुभयो ।

कम्तीमा कक्षा ७ सम्म पढ्ने बालबालिकालाई मोबाइल टेलिभिजनजस्ता विद्युतीय सामग्रीबाट टाढा राख्नुपर्ने र टेलिभिजन देखाउनै परे पनि दिनमा बढीमा १५ मिनेटसम्म देखाउन सकिने उहाँले सुझाव दिनुभयो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख सिता सिग्देल न्यौपानेले नगरका विद्यालयहरुमा बालमनोविज्ञानकेन्द्रित शिक्षा लागु गर्न पहल गर्ने बताउनुभयो ।

कार्यक्रम सञ्चालन यशोदा केसीले गर्नुभएको थियो । कार्यक्रममा घोराही १४ भित्रका विद्यालयका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता थियो ।

Facebook Comments