• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामुदायिक विद्यालयमा अब्बल नतिजा: थवाङका दुइ विद्यार्थीले ल्याए ‘ए प्लस’




राजनीतिक इतिहास बोकेको र राजनीतिकै कारण चर्चामा आइरहने थबाङ यसपाली शैक्षिक उपलब्धीका कारण चर्चामा आएको छ ।

थबाङले एसईईमा रोल्पा जिल्लाबाटै उत्कृष्ट नतिजामात्रै दिएको छैन, इतिहास नै रचेको छ । सामुदायिक विद्यालय वीर बलभद्र माध्यामिक विद्यालय, थबाङका दुई विद्यार्थीले माध्यामिक शिक्षा परिक्षा (एसईई)मा ए प्लसको नतिजा ल्याएर जिल्लाबाटै ए प्लस ल्याउने विद्यार्थीको रेकर्डसँगै थबाङलाई पनि इतिहास दिलाएका छन् ।

बलभद्र माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीका अनुसार चिरञ्जीवी पुन र नेत्र ज्योती रोकाले ए प्लस ल्याएका हुन् । रोल्पाबाट यो वर्ष नीजि तथा अन्य कुनै पनि सामुदायिक विद्यालयहरुले ए प्लसको नतिजा दिन सकेका छैनन् ।

थबाङको नतिजा सामुदायिक विद्यालयबाट जिल्लाभरबाट ए प्लस ग्रेडको पहिलो रेकर्ड हो । ‘हाम्रा दुई जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीले भने, ‘तर, हाम्रो लागि यो सन्तोषजनक होइन ।

हामी कम्तीमा पनि ६ जनाको ए प्लसको अपेक्षा गरेका थियौं ।’ तर, उनले ए प्लसको नतिजा ल्याउने जिल्लाकै पहिलो सामुदायिक विद्यालय हुन पाउँदा खुशी लागेको बताए ।

थबाङबाट ३३ जना विद्यार्थी एईईमा सहभागी भएको मध्ये ७ जनाले ए, ३ जनाले बी प्लस, ७ जनाले बी, १२ जनाले सी प्लस र २ जनाले सी ग्रेड ल्याएका छन् ।

बलभन्द्र माध्यामिक विद्यालय थबाङले अंग्रेजी माध्याममा पठन पाठन सुरु गरेपछिको यो पहिलो ब्याच भएको अध्यक्ष घर्तीले बताए ।

Facebook Comments