• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
असार १४ गते वृक्षारोपणमा जुट्न नेकपा दाङको आव्हान




नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाङले यही असार १४ राष्ट्रिय वृक्षारोपण दिवस भव्यताका साथ मनाउने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशानुुसार नेपाल सरकारले हरेक वर्ष मनाउने राष्ट्रिय वृक्षारोेपण दिवसलाई नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ले मनाउने तय गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम निर्देशन अनुुसार नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाङले राष्ट्रिय वृक्षारोपण दिवस विविध कार्यक्रम सहित सम्पन्न गर्ने जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाङका अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुुन ‘सुवास’ द्वारा हस्ताक्षर जारी विज्ञप्तीमा जिल्लाका दशवटै स्थानीयतह पार्टी कार्यालयहरु तथा शहिद पार्क, स्थानीय वनहरुमा वृक्षारोपण गरी दिवस मनाइने जनाएको छ ।

साथै नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाङले पार्टी कार्यालय प्राङगण र घोराही गुुलरिया स्थित शहिद पार्कमा वृृक्षारोपण गर्ने निर्णय गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

Facebook Comments