• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सेलिब्रेटीहरुको एसइइः शान्ता चौधरीको बी र करिष्मा मानन्धरको बी प्लस




प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए ल्याएकी छन् ।

राजनीतिमा अब्बल चौधरीले एसईईमा औसत नतिजा ल्याएकी छन् । उनले गृहजिल्ला दाङबाट परीक्षा दिएकी थिइन् ।

चौधरी प्रतिनिधि सभामा नेकपाकी सचेतक हुन् । मुक्त कमलरी आन्दोलनबाट राजनीतिमा उदाएकी चौधरीले पछिल्लो समयमा पढाइलाई निरन्तरता दिन थालेकी छन् ।

नायिका करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी प्लस ल्याएकी छन् । उनले ३ जीपीए ल्याएकी छन् ।

काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

Facebook Comments