• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश पाँचका मुख्यमन्त्री र जापानी राजदूतबीच भेट




माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेट गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्रीले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो संभावना भएको बताउनुभयो ।

उहाँले त्रिवि शिक्षण अस्पतालको पूर्वाधार विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्दै यो प्रदेशका अस्पतालको क्षमता विकासमा जापानको सहयोग हुँदा राम्रै हुने बताउनुभयो ।

राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताउनुभयो ।

उहाँले संवैधानिक व्यवस्था अनुसार गठन भएका प्रदेश र स्थानीय सरकारहरुलाई सहयोग गर्ने बारे छलफल गर्दै अघि बढ्ने बताउनुभयो । मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गरी काठमाडौं फर्कन आग्रह गर्नुभयो ।

राजदूत साइगोले नेपाल जापान सम्बन्धमा प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments