• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हरिजनको स्मृतिमा श्रद्धाञ्जलीसभा




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजपुर गाउँ समिति सदस्य कृष्णबहादुर हरिजन ‘सोमराज’को स्मृतिमा राजपुर ४ दुलैयामा श्रद्धाञ्जलीसभा गरिएको छ । उहाँको निधनको १३ औं दिन श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।

नेकपा राजपुर गाउँ पालिका समितिको आयोजनामा कार्यक्रम भएको हो ।

गाउँपालिका समिति अध्यक्ष चक्रबहादुर खड्का ‘शिखर’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य दामा शर्माले हरिजनले जनयुद्ध, जनआन्दोलनहुँदै समग्र कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो ।

२०४९ सालमा तत्कालीन नेपाली कांग्रेसबाट वडा सदस्य जितेका हरिजन जनयुद्ध शुरु भएपछि नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो ।

२०५६ सालदेखि जनयुद्धमा सहभागी उहाँ अहिले पनि राजनीतिक र सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।

कार्यक्रममा वडा नम्बर ६ अध्यक्ष श्याम रोका र पार्टी गाउँपालिका सदस्य पुष्पा यादवले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन गाउँपालिका सदस्य बिष्णुप्रसाद यादवले गर्नुभएको थियो ।

Facebook Comments