• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रकाश सपुत र शम्भु राइबीच यस्तो भयो सहमति




गायक प्रकाश सपुतले ‘गलबन्दी’ बोलको गीत सार्वजनिक गरेपछि शुरु भएको विवाद सकिएको छ । अर्का गायक शम्भु राईले उक्त गीतको भाका आफूले पहिल्यै गाएको भन्दै उजुरी दिएपछि विवाद भएको थियो । लामो छलफलपछि दुबै गायकपछि सहमति भएको छ ।

गायक राईले असन्तुष्टि मात्रै जनाएनन्, सपुतविरुद्ध कानुनी बाटो पनि अंगाले । यी दुई गायकबीचको विवादले समाज नै विभाजित भयो । त्यस्तै संसदमा पनि यो विषयले प्रवेश पायो । सांसदहरुले संघीय संसदमा यो विषयलाई प्रवेश गराए ।

तर, अहिले आएर यी दुई गायकबीच सहमति भएको छ । दुई गायकबीच बुधबार सहमति भएको हो । त्यसका लागि सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाले समन्वय गरेका थिए ।

सहमतिपश्चात गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राईको हुने भएको छ । त्यस्तै गरी पुनः संगीत सिर्जना भने प्रकाश सपुतको हुने गरी सहमति भएको छ । अर्थात् उत्त गीतमा अब राई र सपुत दुवैको नाम समावेश हुनेछ ।

तर, उक्त गीतले प्राप्त गर्ने आर्थिक लाभ भने राईले नपाउने भएका छन् । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने भनिएको छ ।

Facebook Comments