• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सीप सिकेका युवायुवती भविष्यप्रति आशावादी




बेरोजगारी समस्याले विभिन्न खाडी मुलुक जानुपर्ने ब्याध्यता छ ।

बिदेश जाने अधिकांशले तालिम लिदैनन्, जसले गर्दा पारिश्रमिक र सम्मान दुबैमा समस्या हुने गरेको छ । पछिल्लो समय दाङमा विभिन्न किसिमका तालिम प्रदान गर्ने क्रम ह्वात्तै बढेको छ ।
वेटर , सिलाइकटाइ लगायत कक्षा सञ्चालन भएपछि युवायुवतीको आकर्षण बढेको छ।

बेरोजगार अवस्थामा घरमै बसिरहेका युवा युवती ब्यवहारिक शिक्षा सिक्न थालेका छन् । दाङको घोराहीमा बिलियन मेनपावर टेन्ङिग सेन्टर ले कुक, वयटर, मिस्स कुक को टेन्ङिग मिरर टेक्निक कलेजमा र हाउस वाइरिङ, सिलाइ कटाइ , मोटरसाइकल मर्मत मल्टी टेक्निकल कलेज घोराहीमा भइ रहेका छन् । शिक्षा तथा बिज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतन तालिम सञ्चालन गरिएको छ ।

तालिममा सहभागी भएका प्रशिक्षार्थीले तालिमले आफूलाइ हौसला जागेको बताए । देशभित्रै पनि केही गर्न सकिने र बिदेश गए पनि पारिश्रमिक बढी पाउने आशामा उनीहरु छन् ।

बिलिय मेनपावर टेन्ङिन सेन्टर प्रा, लि दाङ का सयोज दिपेन्द्र घर्तीले उच्च शिक्षा हासिल गरेर पनि घरमै बेरोजगार पिडा बेहोरेका युवा युवतीलाई व्यवहारिक शिक्षाले रोजगारी प्राप्तिका लागि थप मद्दत गर्ने बताउनु भएको छ।

Facebook Comments