• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सानीभेरी गाउँपालिकामा ३२ करोड बजेट




रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँभाबाट आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम र बजेट पेश गरेको छ । गाउँपालिकाले रु ३२ करोड ९० लाख १४ हजार रकमको बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष इन्दिरा ओलीले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ११ करेड ५९ लाख ३४ हजार ६ सय ८६¸ पुँजिगत तर्फ ७ करोड ६५ लाख ७९ हजार ३ सय १४ रुपैया विनियोजन गरिएको छ ।

त्यस्तै खर्च स्रोत संघिय सरकारबाट प्राप्त समानिकरण अनुदानको रकम ८ करेड ८० लाख¸ संघिय सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम ७ करेड ५० लाख¸ संघिय सरकारबाट प्राप्त शसर्त रकम १३ करारेड ६५ लाख, कर्णाली प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान रकम १ करोड १ लाख २६ हजार, , कर्णाली प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम ४ लाख आ.व.०७५/०७६ को गाउँपालिकाको मौजदात रकम १ करेड २० लाख र गाउँपालिकाको आन्तरिक आय अनुमान ७१ लाख ८८ हजार रहेको छ ।

सानीभेरी गाउँपालिकाले आफ्नो बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

सामाजिक विकास क्षेत्रको अन्तरगतको शिक्षामा रु १५ करोड २१ लाख ९६ हजार विनियोजन गरिएको छ । त्यस्तै दोस्रो प्राथमिकतामा स्वास्थ्यलाई राखेको छ ।

Facebook Comments