• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डेमा समयमै आयो बजेट




चालु आर्थिक बर्षका लागि गत बर्ष समयमै बजेट ल्याउन नसकेको सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट समय समयमै ल्याएको छ । अघिल्लो बर्ष नगरपालिकाभित्र विवादका कारण समयमै बजेट आउन सकेको थिएन ।

बनगाड कुपिण्डे नगरपालिकाको पाचौं नगर सभा उद्घाटन भएको छ ।

नगर सभा सल्यान प्रदेश क सासद तथा नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलाब जङ्ग शाले उद्घाटन गर्नु भएको थियो । आर्थिक वर्ष २०७६/२०७७ बजेट ४७ करोड ३८ लाख ८६ हजार बराबरको प्रस्तुत भएको छ । जस अन्तर्गत चालू तर्फ २८ करोड १० लाख र पुजीगत तर्फ १९ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

आन्तरिक राजश्व तर्फ ५० लाख अनुमानित गरिएको छ । नेपाल सङ्घिय सरकार बाट ३३ करोड ११ लाख, राजस्व बाडफाड संघीय र प्रदेश सरकारबाट बितिय सामान्यीकरण अनुदान बापत ११ करोड २९ लाख ४२ हजार विनियोजन गतिएको छ ।

जस अन्तर्गत वितियसामानिकरण तर्फ १ करोड ५ लाख ४४ हजार कृषि तर्फ ५० लाख, सिचाइ ६९ लाख, भाषा सास्कृतिक , कला तर्फ ५० हजार , कुपिण्डे ताल डिपिआर र पुर्वाधार तर्फ ४० लाख, पुर्वाधार सडक तर्फ ५ करोड ३९ लाख, उज्यालो (बिधुत ) १ करोड २४ लाख, नगरपालिकाको भवन निर्माण २ करोड, सामुदायिक बिध्यालयको गुणस्तरीय शिक्षाको लागि २ करोड ११ लाख, स्वास्थमा १ करोड ५५ लाख, युवाखेलकुदमा २० लाख, खेलकुद फिल्ड निर्माण २० लाख, खानेपानी १ करोड ८९ लाख, लक्ष्यित बर्गको लागि ८० लाख, विपत व्यवस्थापनमा १ करोड ६८ लाख ८६ हजार र कार्यालय व्यवस्थापन लगाएत बिबिध क्षेत्रमा ९ करोड ५० लाख बजेट प्रस्तुत भएको छ ।

प्रमुख अतिथि सचेतक शाहले नगर सभालाई सम्बोधन गर्दै बनगाड कुपिण्डेको छुट्टाछुट्टै पहिचान भएकोले यसमा सबैले मिलेर जनताको काम गर्नु पर्ने बताएका छन । आफू कहिले पनि विकास निर्माणको काम पुर्वाग्रहि नभएको र विकास निर्माणको काम कहिले पनि पछि नहट्ने बताएका छन । आफुले जे बोल्छु त्यो गरेर छाडेने र गर्ने नसक्ने कुरा बोल्दै नबोल्ने पनि बताएका छन ।

सल्यान जिल्लाको पुरै नेतृत्व अहिले बनगाड पाएको र यति बेला बिकास गर्ने नसके अब कहिले पनि नेतृत्वमा आउन पनि नसक्ने बताएका छन । नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख गोविन्द कुमार पुनले समृद्ध नगरपालिका निर्माणका लागि, नगर भित्रका पर्यकिय क्षेत्र, मौलिक कला सास्कृतिक, लगाएत शैक्षिक क्षेत्रमा सुधार ल्याउने पर्ने बताएका छन ।

वडा कार्यालयहरुमा तत्काल ईन्टरनेट सेवा पुर्‍याउने र स्वास्थ कार्यालय नभएको वडामा यसै वर्ष स्वास्थ कार्यालयको व्यवस्थापन गर्ने बताएका छ्न । भने नगर उप प्रमुख मन्जु यरिले नीति तथा कार्यक्रम रहेको बजेट प्रस्तुत गरेकी छन ।

Facebook Comments