• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत, सरकारलाई दियो धन्यवाद




नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । ‘क्लिन फिड’ ले नेपाली सञ्चार माध्यमको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने पनि महासङ्घले विश्वास व्यक्त गरेको छ ।

विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्था गरी लागू गर्ने दृढता प्रदर्शन गरेकामा महासङ्घले सरकारलाई धन्यवाद व्यक्त गरेको हो । मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसँग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन पनि महासङ्घले सरकारलाई अनुरोध गरेको छ ।

महासङ्घले बुधबार वसन्तपुरमा चर्चित कविहरुको कविता वाचन र ख्यातिप्राप्त काटुर्निष्टहरुको कार्टुन चित्र प्रदर्शनी आयोजना गर्दैछ । महासङ्घले आन्दोलनरत पक्षसँग वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न सरकारसँग पुनःआग्रह गरेको छ ।

Facebook Comments