• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरमा १ अर्ब ७८ करोडको बजेट




दाङको घोराही उपमहानगरपालिकाले १ अर्ब ७८ करोड २९ लाख ६६ हजार रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।

उपप्रमुख सिता सिग्देल न्यौपानेले सो बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमध्ये चालुतर्फ १ अर्ब १८ करोड ९० लाख २५ हजार र पूँजीगततर्फ ५९ करोड ३९ लाख ४१ हजार रहेको छ ।

कृषिमा १ करोड ५३ लाख, पशुमा ५८ हजार, सहकारीमा ६९ लाख, उपभोक्ता हित संरक्षण्मा १९ लाख, पर्यटनमा ७७ लाख, शिक्षामा ४८ करोड ७० लाख, स्वास्थ्यमा ६ करोड, महिला बालबालिका र ज्येष्ठ नागरिकमा ७६ लाख, सरसफाइमा ७७ लाख, विपद तथा वातवारणमा १ करोड ३४ लाख, कानूनी मामिलामा १५ लाख, सूचना तथा सञ्चारमा ३५ लाख, सुशासनमा ५० लाख, र पूर्वाधारमा ३१ करोड ४८ लाख बजेट विनियोजन गरिएको छ ।

Facebook Comments