नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कार्की रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता हुन्।
विप्लव समूहका केन्द्रीय सदस्य कार्कीले एक महिनाअघि भोजपुरमा प्रहरीको गोली लागेर कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएपछि फेसबुक स्टाटसमा बदला लिने लगायतका कुरा लेख्दै आएका थिए।
उनले पक्राउ हुनुभन्दा पाँच घण्टा अगाडि यस्तो स्टाटस लेखेका थिए– जो एनसेल, कोकाकोला, अरुण, कर्णाली, सिमा अतिक्रमण, प्रतिबन्ध, गैह्र न्यायिक हत्या, इन्डोप्यासिफिक, जस्ता बिषयमा मौन वा नजरन्दाज गर्छन्, बस्छन- तिनिहरु या त बेहोस छन या चारो खाने प्राणी हुन ।
प्रहरीले फेसबुक फ्लो गर्दै कार्कीलाई पक्राउ गरेको हो ।
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।