• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवपुत्रले चलाए गाउँमा वृहत स्वास्थ्य शिविर




सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । उनको गाउँ कपिलबस्तुको शिवगढी नगरपालिका वडा नं ३ भगवानपुरमा सयौं नागरिकका लागि छोरा प्रकाश चन्दको नेतृत्वमा स्वास्थ्य शिविर गरिएको छ ।

भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विप्लव निकट जन स्वास्थ्यकर्मी महासंघको संयोजनमा शहिद स्मृति प्रतिष्ठानले निशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरबाट सयौं बिरामीले उपचार पाएका छन् ।

विप्लव पुत्र प्रकाश अहिले चितवन मेडिकल कलेजमा मेडिकल साइन्स अध्ययन गरिरहेका छन् । उनी जन स्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् । राज्यले गर्नुपर्ने काम आफूहरुले गर्न बाध्य भएको बताउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने बताएका छन् ।

शिविरमा झण्डै १४ सय स्थानीयको सहभागिता थियो । शिविरका लागि विशेषज्ञ चिकित्सक, स्वास्थ्य कर्मी लगायत झण्डै ४० जनाको समूह शिवगढी पुगेको थियो ।

Facebook Comments