• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगर र चीनको यान नगरबीच भगिनी सम्बन्ध स्थापना हुने




दाङको घोराही उपमहानगरपालिका र चिनको सिचुवान प्रान्तको यान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ ।

सोमवार बसेको प्रदेश ५ सरकारको मन्त्रिपरिषद् बैठकले त्यसका लागि संघीय सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री शंकर पोख्रलको चीन भ्रमणका बेला दुइ नगरबीच भगिनी सम्बन्ध स्थापित भएको घोषणा गरिने छ । त्यसका लागि घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी पनि चीन जानुहुनेछ ।

त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका र चीनको यान नगरपालिका र चीनकै गुइझाउ प्रान्तको लिउ मानसुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

भगिनी सम्बन्ध स्थापित भएपछि दुई नगरपालिकाबीच आपसमा विकास तथा सांस्कृतिक अनुभव आदान प्रदान हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

Facebook Comments