• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बैजाकोटमा बैजाली बुढाको थान र बाटो उद्घाटन




दाङको घोराही उपमहानगरपालिकाको अति दुर्गम बस्तीका रुपमा रहेको बैजाकोट पुग्ने नयाँ बाटो र बैजाली बुढा मगरहरुको कूलपूजा गर्ने थानको शनिबार एकैसाथ उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका—१८ का अध्यक्ष भरतकुमार अर्यालले एक कार्यक्रमका बीच नवनिर्मित बाटो तथा थानको उद्घाटन गरेका हुन् ।

वडा अध्यक्ष भरतकुमार अर्यालको प्रमुख आतिथ्यता र बैजाली बुढा मगर समाजका अध्यक्ष टेकमान बुढा मगरको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अठार मगरात भाषा, साहित्य तथा संस्कृति उत्थान मञ्चका अध्यक्ष चन्द्रज्योति बुढा मगर, घोराही उपमहानगरपालिका —१४ का वडासदस्य लक्ष्मण बुढामगर, कलाकार कमल गाउँले, दाङ देउखुरी होटेल व्यावसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी, बैजाली बुढा हाउजिङ प्रा.लि.का प्रोप्राइटर भानसिङ बुढा मगर, समाजका सल्लाहकार ईश्वर बुढा मगर, निर्माण समितिका संयोजक अर्जुन बुढा मगर, समाजसेवी मधुसूदन अर्याल लगायतले आआफ्ना धारणा राखेका थिए ।

समाजका उपाध्यक्ष खिमबहादुर बुढा मगरको स्वागत तथा पूर्व सचिव लक्ष्मीप्रसाद बुढा मगरको सञ्चालनमा भएको कार्यक्रमका बीचबीचमा समाजका सचिव सुरेन्द्र बुढा मगरले संंयोजन गरेका विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।

स्थानीय जनता तथा आमन्त्रित अन्य अतिथिहरुको बाक्लो उपस्थितिमा भएको औपचारिक कार्यक्रमअघि रोल्पा—रुकुमबाट दाङमा आई स्थायी बसोबास गरिरहेका बैजाली बुढा मगरहरुले आफ्नो परम्पराअनुसार कूलपूजा गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै पूजाको प्रसाद पनि ग्रहण गराइएको थियो ।

Facebook Comments