• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णाली प्रदेशस्तरीय युवा समिति गठन, अध्यक्षमा शर्मा




कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले युवालाई स्वरोजगार बनाउने प्रदेश सरकारको प्राथमिक प्राथमिकता रहेको बताएका छन् । उनले युवालाई विकास निर्माणमा पनि सँगसँगै लग्नुपर्ने बताए ।

वीरेन्द्रनगरमा शनिबार आयोजित कर्णाली युवा सम्मेलनमा उनले कर्णालीका युवालाई रोजगारी सिर्जना गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम ल्याएको बताए । ‘सरकारले युवा लक्षित नीति, योजना र बजेट ल्याएको छ,’ उनले भने, ‘युवाले पनि विकासमा साझेदारी गर्दै अघि बढ्नुपर्छ ।’

साना तथा मझौला उद्यमको विकास गरी रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको उनले बताए । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने गरिबी र बेरोजगारीको चपेटमामा परेका युवालाई राहत हुने गरी सरकारले ठोस कार्यक्र ल्याउन नसकेको बताए । समस्या पहिचान गरेरमात्र योजना बनाउन उनले सरकारलाई सुझाव दिए ।

प्रदेशसभा उपसभामुख पुष्पा घर्तीले कर्णाली प्रदेशमा रहेका विकासका सम्भावना उजागर गर्न युवा सहभागिता अनिवार्य रहेको बताइन् । पछिल्लो समय समाजमा रहेका भेदभावविरुद्ध युवा अभियान पनि सञ्चालन गर्न उनले सुझाव दिइन् ।

राष्ट्रिय युवा गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष कमल सुवेदीले युवा सहभागिताबिना दीगो विकास लक्ष्य पुरा गर्न असम्भव भएको बताए । युवालाई राज्यका हरेक नीति–निर्माण प्रक्रिया सहभागी गराइनुपर्नेमा पनि उनले जोड दिए ।

प्रदेशका १ सय १५ युवा सहभागी सम्मेलनले सल्यानका प्रतीक इच्छुक शर्माको संयोजकत्वमा कर्णाली प्रदेशस्तरीय समिति गठन गरेको छ । समितिमा १० वटै जिल्लाका १–१ सदस्य छन् ।

Facebook Comments