• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थी नेताको पहलमा दुर्गम गाउँमा प्रदेशकै पहिलो ‘स्मार्ट स्कूल’




रुकुमपश्चिमको आठबीसकोट नगरपालिका १० स्थित जनविकास मावि घारीखोलालाई कम्प्यूटर प्रविधिमैत्री विद्यालय घोषणा गरिएको छ ।

आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले कम्प्यूटर ल्याव उद्घाटन गर्दै कम्प्यूटर प्रविधिमैत्री विद्यालय घोषणा गर्नुभएको हो । यो कर्णाली प्रदेशकै पहिलो स्मार्ट स्कूल हो ।

विद्यालयका पूर्वविद्यार्थी तथा अखिल नेता एकराज केसीको पहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा ६० थान कम्प्युटर विद्यालयमा पु¥याइएको छ ।

करीब एक करोडको लागतमा सूचना प्रविधिमैत्री विद्यालय बनाइएको छ ।

विद्यालयमा ६० वटा कम्प्युटर राखिएको छ भने सबै कक्षामा डिजिटल बोर्ड राखिएको छ । त्यस्तै १६ वटा प्रोजेक्टर र ११ वटा सिसिक्यामेरा राखिएको छ ।

विद्यालय उद्घाटनमा टेलिफोनबाट शुभकामना दिंदै पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सूचना प्रविधि आजको जमाना अक्सिजन जत्तिकै महत्वपूर्ण भएकाले अब सूचना प्रविधिको भरपूर उपयोग गरेर दुर्गमको जीवनलाई सहज बनाउनुपर्ने बताउनुभयो ।

उहाँले रुकुम जिल्लाका सबै विद्यालयलाई नै सूचनाप्रविधिमैत्री विद्यालय बनाउने अभियानको नेतृत्व आफूले गरिरहेको र यसमा सबै साथ जरुरी रहेको बताउनुभयो ।

नगरप्रमुख खत्रीले भूगोलका हिसाबले दुर्गम भए पनि जनताको जीवनस्तरका हिसाबले सबैभन्दा उच्च बनाउने गरी आठवीसकोटमा भौतिक र मावनीय विकासको काम अघि बढाइएको बताउनुभयो ।

पालिकाका हरेक विद्यालयलाई यसरी नै सूचना प्रविधिमैत्री बनाउने उहाँले बताउनुभयो ।

वडाअध्यक्ष गंगाराम चनाराले यति महत्वपूर्ण कामका लागि पहल गर्ने विद्यार्थी नेता केसीलाई धन्यवाद दिंदै हरेक युवाले आफ्नो गाउँको समृद्धिका लागि यस्तै योगदान दिनुपर्ने बताउनुभयो ।

स्मार्ट विद्यालय स्थापनाका पहलकर्ता केसीले आफूले पढेको विद्यालयका लागि केही पाउँदा खुशी लागेको भन्दै यस्ता काम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुमराज ओलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रअ लक्ष्मीराज केसीले गर्नुभएको थियो ।

Facebook Comments