• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मसालले भन्यो– इसाइकरण र हिन्दूकरण दुबैको बिरोध गरौं




नेपालका कम्युनिष्ट पार्टीहरुले लामो समयदेखि अमेरिकालाई साम्राज्यवादी र भारतलाई विस्तारवादी भन्दै आएका थिए । अन्य दलका मूल्यांकन पुरानै रहे पनि नेकपा मसालले भने अब अमेरिकासँगै चीन र भारतलाई पनि साम्राज्यवादी भन्ने भएको छ ।

केही समयअघि भएको आठौं महाधिवेशनबाट भारतलाई पनि विस्तारवादी भन्ने नीति पारित गरेको हो । नेकपा मसाल दाङ देउखुरीले घोराहीमा महाविधेशन घोषणासभा कार्यक्रम गर्दै यस्तो जानकारी दिएको हो ।
‘चीन र भारत दुबै साम्राज्यवादी देश भएको महाधिवेशन निर्देश गर्दछ’– महाधिवेशनको निर्णयमा भनिएको छ– ‘भारत साम्राज्यवादी देश भए पनि भारतका जनता र उनीरुको प्रगतिशील तथा क्रान्तिकारी संघर्षसहित घनिष्ट सम्बन्ध कायम गर्नुपर्ने महाधिवेशनको निर्देशन रहेको छ, त्यस्तै चीन साम्राज्यवादी भए पनि भारतद्वारा नेपालमाथि हुने विभिन्न हस्तक्षेपका िवरुद्ध सन्तुलन कायम गर्न र विभिन्न विकासका कार्यमा चीनबाट हुने सहयोग नेपालका लागि उपयुक्त र सकारात्मक हुने महाविधेशनले निर्णय गरेको छ ।’

त्यस्तै साम्राज्यवादीहरुले इसाइ धर्मको माध्यमबाट आफ्नो नीति लागु गर्न खोजेको भन्दै यसको बिरोध गर्नुपर्ने नीति पनि पारित गरेको छ । नेपालको सन्भर्दमा सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्ग नयाँ जनवादी क्रान्तिका मुश्मन शक्ति रहेको औल्याउँदै महाधिवेशनले अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद नेपाली जनता र क्रान्तिका दुश्मन शक्ति रहेको ठहर गरेको छ ।

महाधिवेशनले चुनावको आवश्यकताअनुसार उपयोग र आवश्यकताअनुसार उपयोग गर्नुपर्ने कार्यनीति पारित गर्दै शान्तिपूर्ण संघर्षमा जोड दिए पनि सशस्त्र संघर्ष र क्रान्तिकारी संयुक्त मोर्चाका लागि परिस्थिति तयार पार्ने कामलाई पनि अघि बढाउने नीति पारित गरेको कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै मसालले राष्ट्रिको रक्षामा जोड दिंदै हिन्दू राष्ट्र बनाउने र राजतन्त्र पुनस्र्थापना गर्ने नीतिको बिरोध गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा मसाल दाङ देउखुरीका प्रवक्ता भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले नौलो जनवादी क्रान्तिविना देशले निकास नपाउने बताउनुभयो । संविधा कार्यान्वायमा सरकार कमजोररुपमा प्रस्तुत भएको भन्दै उहाँले यसको बिरोध गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राजमोका पूर्वसल्लाहकार सुरेश थापा, युवक संगठनका पूर्वअध्यक्ष काशीनाथ पोख्रेल, प्रगतिशील पत्रकार संघका महासचिव उदय जीएम, महिला संगठनका केन्द्रीय सदस्य कमला जिसी, समता समाजका केन्द्रीय उपाध्यक्ष टीका बिक, अखिल नेपाल बुद्धिजीवी संघ दाङका अध्यक्ष चुनचुन केसीले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन राजमो दाङका सचिवालय सदस्य शुक्रराज भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments