• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुमार पौडेलको हत्या प्रकरण लली र धनमायाँको जस्तोः प्रभाकर




सत्तारुढ नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा भएको भनिएको भिडन्तबारे गम्भीर प्रश्न उठाउनुभएको छ ।

यो हत्याले लली रोका र धनमायाँ श्रेष्ठको हत्याको सम्झना गराएको पनि उहाँले बताउनुभयो ।

२०५२ चैत ५ गते रुकुमको काँक्रीमा पसल गरी बस्ने गुनामकी धनमायाँ श्रेष्ठको पसलमै बसेर स्वीटर बुनिरहेको बेला तथा २०५३ साल माघ ४ गते थवाङका लली रोका र दिलमान रोकाको चरम यातनापछि प्रहरीले हत्या गरेको थियो ।

उनीहरुलाई पनि तत्कालीन सरकारले दोहोरो भिडन्तमा मारिएको प्रचार गरेको थियो ।

राज्य व्यवस्था समितिको आइतबार बैठकमा सांसद शर्माले आफूले बुझ्दा सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेललाई निर्मम ढंगले मारिएको पाइएको बताउनुभयो ।

पौडेलको हातसमेत धेरै ठाउँमा भाँचिएको सूचना जनस्तरबाट आएको भन्दै उहाँले यसलाई पञ्चायती बर्बरतासँग पनि तुलना गर्नुभयो ।

संविधान र कानुनभित्र कारवाही गर्न उचित गर्दा आपत्ति नहुने उल्लेख गर्दै उहाँले तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यसले आफूहरुलाई संवेदनशील बनाएको र सत्य के हो, त्यो जनताले थाहा पाउनुपर्ने बताउनुभयो ।

सांसद शर्माले जनतालाई भड्काउने खालका घटनाहरु भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका व्यक्त गर्नुभयो ।

यस्ता घटनालाई रोक्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो– ‘विभिन्न ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भनेर चौतर्फी रुपमा घेराबन्दी पनि भइराख्या छ । मास भड्काउने, जताबाट पनि गणतन्त्रमा ल्याएर जोडिदिने । यदि हामीले त्यसलाई सच्याउन सकेनौं, कारबाही गर्न सकेनौं भने, त्यसले राम्रो दिशातिर लैजाँदैन ।’

समितिले बोलायो गृहमन्त्री

समितिमा सर्लाही घटनाबारे भएको छलफलपछि समिति सभापति शशी श्रेष्ठले घटनाबारे सत्यतथ्य जानकारी गराउन सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई समितिमा बोलाउने जानकारी दिनुभयो । पौडेलको गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । यो घटनामा प्रहरीले इन्काउन्टरमा पौडेलको मृत्यु भएको भनेपनि इन्काउन्टर नभई समातेर गोली हानिएको भन्दै त्यसको विरोध भइरहेको छ ।

Facebook Comments