• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जब सहिदका सन्तानले मन्त्रीलाई ‘लालसलाम सर’ भन्दै स्वागत गरे…




शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल शनिवार दाङका चार स्थानमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा व्यस्त रहनुभयो ।

विहान साढे ६ बजे सहिदस्मृति आवासीय विद्यालय वनकट्टी पुगेका उहाँ ८ बजे घोराहीमा आयोजित पत्रकार भेटघाटमा सहभागी हुनुभयो ।

९ बजे सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको भवन शिलान्यासमा पुगेका मन्त्री पोख्रेल जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अनुगमन गरेर उहाँ मावि रझेनाको अगुमनमा पुग्नुभयो ।

ठूलो दुर्घटनाबाट बचेका विद्यार्थीले मन्त्री पोख्रेललाई भावुकहुँदै स्वागत गरेका थिए ।

त्यहाँ राष्ट्रिय सेवा दलमा तालिमरत विद्यार्थीबाट सलामी खाएर ११ बजे घोराही बालमन्दिरमा प्रादेशिक विशेष विद्यालयको भवन शिलान्यासमा पुग्नुभयो ।

सहिद विद्यालय पुग्दा नेकपा नेतासमेत रहेका मन्त्री पोख्रेललाई सहिदका सन्तानहरुले ‘लाल सलाम सर’ भन्दै स्वागत गरेका थिए ।


अभिभावकविहीन बालबालिकाले मन्त्रीलाई अभिभावकको रुपमा लिंदै लामो समयसम्म गडगडाहट ताली बजाएर स्वागत गरेका थिए ।

सहिदस्मृति विद्यालयमा निकै भावनात्मकरुपमा प्रस्तुत मन्त्री पोख्रेलले राजनीतिक आस्था र भावनात्मक सम्बन्धका कारण आफू दाङ आउँदा सबैभन्दा पहिले सहिदका बालबच्चा भेट्न आउने गरेको बताउनुभयो ।

त्यसपछि घोराही फर्केर पत्रकार सम्मेलनमा सहभागी उहाँले सरकार अब प्रभावकारीरुपमा सञ्चालन हुने बताउनुभयो भने लगत्तै सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालय घोराही १७ मा बन्न थालेको शिक्षालय भवनको शिलान्यास गर्दै राजनीति, साहित्य र पत्रकारिताका त्रिवेणी एवं सरल र आदर्श व्यक्तित्व सहिद कृष्णसेनको नाममा प्राविधिक शिक्षालय खोल्न पाएको गौरव महसुस भएको भन्दै यसलाई प्रदेशकै नमूना शिक्षालय बनाउने र आगामी दश बर्षभित्र बर्षेनी पाँच हजार जनशक्ति उत्पादन गर्ने थलो बनाउने उद्घोष गर्नुभयो ।

लगत्तै आफ्नै राजनीतिक सल्लाकार जीवन गौतम अध्यक्ष रहेको विद्यालय मावि रझेनामा पुगेर भौतिक पूर्वाधार र विद्यार्थीको कला देखेर दंग पर्नुभयो ।

त्यहाँ उहाँलाई राष्ट्रिय सेवा दलका तालिमे विद्यार्थीले फौजी पोशाकमै सलामी दिएका थिए भने योग कलामा पोख्त विद्यार्थीले लाइनबद्ध स्वागत गरेका थिए ।

तिनै विद्यार्थी पछि बालमन्दिर पुगेर मन्दिरलाई रोचक कला प्रस्तुत गर्दा उहाँ दंग परिरहनुभएको थियो भने पटकपटक खुशीमा ताजी बजाइरहनुभएको थियो ।

‘हाम्रा सामुदायिक विद्यालय पनि कमै छैनन् अब’ सँगै बसेका शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलसँग कानेखुशी गर्दै मन्त्री पोख्रेलले भन्नुभयो ।


घोराही उपमहानगरपालिका १४ स्थित प्रावि बालमन्दिरमा प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय गर्दै उहाँले दाङसँग बिशेष भावनात्मक सम्बन्ध पनि जोडिएको औल्याउँदै दाङलाई नमूना बनाउन चाहेको बताउनुभयो ।

प्राविधिक शिक्षातर्फ दाङमा पाइलटिङ कार्यक्रम सञ्चालन गर्न थालिएको उल्लेख गर्दै उहाँले यसअघि पनि दाङका एजेण्डालाई प्राथमिकता दिएको स्मरण गराउनुभयो ।

उहाँ स्वास्थ्यमन्त्री हुँदा २०६५ सालमा २५ बेडको महेन्द्र अस्पतालको ५० बेडमा स्तरोन्नति भएको थियो भने सोही बर्ष उपक्षेत्रीय अस्पताल बनेको थियो । उहाँकै पालामा २०७३ सालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको थियो भने २०६५ सालमा उहाँ नै स्वास्थ्यमन्त्री भएको बेला राप्ती अञ्चल अस्पताल तुलसीपुर स्थापना भएको थियो ।

दाङमा गत बर्ष मात्रै कृष्णसेन बहुप्रावधिक शिक्षालय स्थापना गरिएको, यो बर्ष यसलाई प्रदेशको नमूना घोषणा गरेर पाँच करोड बजेट छुट्याइएको छ भने तुलसीपुरमा उपमहानगरसँगको साझेदारीमा बहुप्राविधिक शिक्षालय स्थापनाको तयारी भइरहेको छ ।

यो बर्ष दश पालिकाका २३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिएको छ ।

Facebook Comments