• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेन बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास





दाङमा ५ नम्बर प्रदेश स्तरीय सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको भवन शिलन्यास गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँमा सञ्चालित शिक्षालयको पूर्वाधार विकासका लागि शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीराज मणि पोख्रेलले आज भवनको शिलन्यास गर्नुभएको हो ।

शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पोख्रेलले नमूना बहुप्राविधिक शिक्षालय भवनको शिलन्यास गर्नुभएको हो ।

५ करोड ९० लाख रुपैयाँको लागतमा बन्न लागेको भवन बहुबर्षिय योजनाबाट सम्पन्न हुने शिक्षालयले जनाएको छ । शिक्षण सिकाई कोठा, होस्टेल, प्रशासनिक र आबासिय कोठाहरु बनाउने गरी भवन निर्माण हुन लागेको हो ।

गतबर्षबाट वन बिज्ञानको पढाई सुरुगरेको शिक्षालयले यस बर्ष देखी होटल व्यवस्थापन, फुड एण्ड डेरी प्राविधिक शिक्षा प्रदान गर्न सुरु गरेको शिक्षालय प्रमुख यादव सुबेदीले जानकारी दिनुभयो । साथै आगामी दिनमा फार्मेसी र आर्टिटेक्चर इन्जिनियरीङको समेत पढाई गर्ने शिक्षलयको योजना रहेको छ ।

Facebook Comments