• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा कैदी/बन्दीलाई पुस्तक उपहार





राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुमका सचिव तुल देवकोटाले फरक तरिकाले जन्मदिन मनाउनु भएको छ । केक काटेर तथा खानपान गरेर जन्मदिन मनाउने प्रचलन बढिरहेका बेला देवकोटाले भने सामाजिक कार्य गरेर जन्मदिन मनाउनुृ भएको हो ।

सचिव देवकोटाले आफ्नो जन्मदिनको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैदी÷बन्दीलाई पुस्तक प्रदान गर्नुभएको छ । कारागारमा स्थापना गरिएको पुस्तकालयलाई देवकोटाले विभिन्न विधाका एक दर्जन पुस्तक प्रदान गर्नुभएको हो ।

कविता, कथा, उपन्यास, निबन्ध, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वका जीवनी समेटिएका पुस्तक प्रदान गरिएको हो । जन्मदिन मनाउने नाउ“मा फजुल खर्च गर्ने संस्कृति बढिरहेका बेला थोरै भएपनि किताब कारागारमा स्थापना गरिएको पुस्तकालयलाई हस्तान्तरण गरिएको देवकोटाले बताउनुभयो ।

आज विहान कारागारमै अनौपचारीक कार्यक्रम आयोजना गरी पुस्तक प्रदान गरिएको थियो । देवकोटाले कारागारमा गठित बुक क्लवका अध्यक्षलाई पुस्तक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अमित परियार तथा पत्रकाहरु सहभागि भएका थिए ।

जिल्ला कारागारमा कर्णाली प्रदेश प्रहरीको सक्रियतामा पुस्तकालय स्थापना गरिएको छ । कारागारलाई किताब अभियानको रुकुम पश्चिमको उपसमितिले विभिन्न संघसंस्था तथा पुस्तक संकलन गरेर कारागारमा पुस्तकालय स्थापना गरेको छ ।

Facebook Comments