• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लिटल एञ्जलका विद्यार्थीलाई बिशेष प्रशिक्षण




लिटल एञ्जल विद्यालयले विविध कार्यक्रम गर्दै अन्तराष्ट्रिय योग दिवस मनायो लिटल एञ्जल विद्यालयले शुक्रवार स्तरीय कार्यक्रम अन्र्तगत विभिन्न चरणहरुमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा आज परेको अन्तराष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै योग दिवस मनायको छ ।

एक समारोहको आयोजना गर्दै सामाजिक सञ्जालहरुले विद्यार्थीहरुको पठनपाठनदेखि लिएर उनिहरुको दैनिक जीवनमा पार्ने प्रभाव, सामाजिक पेजहको नशा तथा यस वाट वच्ने उपायहरुको वारेमा अमर अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

पत्रकार नरेन्द्र के.सी.ले सफल जिवनको महत्वपूर्ण पाटोहरुलाई केलाउदै हामीले गर्ने संघर्ष, लगाव, मेहनतले नै सवै क्षेत्रमा सफल वनाउछ भन्दै वर्तमान समयमा सञ्चारको महत्वको वारेमा विद्यार्थीहरुसंग साक्षाकार गर्नुभएको थियो ।

त्यसै गरी हाम्रो जिवनमा योगको महत्व प्रस्ट्याउदै योग हरेक हामीमा हुनु पर्दछ । योगले नै हामीलाई सन्तुलित वनाउने हो भन्ने सचेतकिरण गर्नु भएको थियो ।

विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने हेतुले विभिन्न तह अन्र्तगत हरेक शुक्रवार उत्प्रेरण जगाउने, प्रेरणा प्रदान गर्ने तथा हौसला प्रदान गर्नुका सार्थै विद्यार्थीलाई सृजनशील वनाउनेखालका कार्यक्रमहरु आयोजना गर्ने जानकारी विद्यालयका प्रधानाध्यापक यादव गिरी ले दिनुभयो ।

Facebook Comments