• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षामन्त्री दाङका चार कार्यक्रममा सहभागी हुने




शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल दाङ आउनुभएको छ । शनिवार हुने विभिन्न कार्यक्रमका लागि उहाँ शुक्रवार साँझ दाङ आउनुभएको हो ।

शिक्षामन्त्री पोख्रेलले शनिवार विहान साढे ६ बजे सहिद आवासीय मावि वनकट्टामा विद्यार्थीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यस्तै ८ बजे नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजित पत्रकार भेटघाटमा सहभागी हुने, ९ बजे सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालय घोराही १७ को भवन शिलान्यास र ११ बजेट घोराही १४ स्थित प्रावि बालमन्दिरमा प्रादेशिक बिशेष विद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

Facebook Comments