• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १४ मा खाद्य स्वच्छता समिति गठन




वडा स्तरिय खाद्य स्वच्छता समिति गठन तथा परिचान सम्बन्धि छलफल कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङले कार्यक्रमको आयोजना गरेको हो । त्यस अबसरमा घोराही उप–महानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा सात सदस्य वडा स्तरिय खाद्य स्वच्छता समिति गठन गरिएको छ ।

जसको सदस्यहरुका दाङ उद्योग वाणीज्य संघ, वास फोरम,होटल व्यवसायी समिति,वडा प्रहरी, उपभोक्ता हित संरक्षण समिति सदस्य रहने व्यवस्था गरेको छ ।

समितिको सदस्य सचिवमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङका प्रतिनीधी बिवेक बन्जारा रहने बताईएको छ । कार्यक्रममा बोल्दै खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख बिवेक बन्जाराले दैनिक उपभोग्य बस्तुको लेवलमा खाद्य पदार्थ नाम,समिश्रण,उत्पादन मिति उपभोग्य मिति,व्याच नं.तौल र उद्योगको पुरा नाम ठेगाना अनिवार्य हुनु पर्ने वताउँनुभयो ।

बञ्जाराले खाद्य पदार्थ उत्पादन गरिने क्षेत्र,उत्पादन गर्ने उद्योग,विक्री वितरण गरिने क्षेत्र खाद्य पदार्थमा हुने मिसाव लगाएका विषयमा उपभोक्ताले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । त्यस अबसरमा वडा अध्यक्ष शक्तिराम डाँगीले गुणस्तरीय बस्तु उपभोग गर्न आग्रह गर्नुभयो ।

मानव स्वास्थ्य सबै भन्दा महत्वपुर्ण भएको वताउँदै त्यसका लागि सबै जना सचेत हुनपर्ने उल्लेख समेत गर्नुभयो । कार्यक्रममा बोल्दै दाङका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एम.सीले दैनिक उपभोग्य बस्तु मिसावट रहित हुनुपर्ने उल्लेख गर्नुभयो । सरकारले प्रतिबन्ध गरेका खाद्य बस्तु व्यापारीले खुलेआम विक्री वितरण गरेको भन्दै त्यसको नियन्त्रण गर्नुपर्ने वताउँनुभयो ।

विभिन्न पसलको अनुगमन

खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय र घोराही उप–महानगरपालिका वडा १४ मा गठित स्तरिय खाद्य स्वच्छता समिति दाङले विभिन्न पसलको अनुगमन गरेको छ ।

घोराही उप–महानगरपालिका वडा नं.१४ स्थित बालमन्दिरमा रहेका मनकामना होटल, कन्तरा होटल,ईन्दिरा होटल ,राप्ती फ्रेस हाउस लगाएका होटलको अनुमगन गरिएको थियो । अनुगमनका क्रममा घोराही स्थित होटल कन्दरामा अबैध मदिरा विक्री वितरण हुदै आएको पाईएको थियो ।

Facebook Comments