• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको पूर्वाधार विकासमा प्रदेशको डेढ अर्ब बजेटः कुन योजनाले कति पाए ?




प्रदेश नम्बर ५ सरकारले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । असार १ गते बार्षिक बजेट सार्वजनिक गरेको प्रदेश सरकारले बिहीवार बार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअनुसार दाङको पूर्वाधार विकासमा झण्डै एक अर्ब ४० करोड बजेट विनियोजन गरिएको छ । जसमध्ये सबैभन्दा बढी झण्डै ७७ करोड सडकतर्फ बजेट विनियोजन गरिएको छ भने बाँकी पर्यटन, खेल, खानेपानी र सिंचाइतर्फ बजेट विनियोजन गरिएको छ ।

सडकतर्फ तीनवटा ठूला योजना १०/१० करोड बजेट पाएका छन् । जसअनुसार दामोदर मार्गअन्तर्गत कुहिरेपानी–सर्रा, दामोदरमार्गकै गगरिया–उरहरि सुकौरा र बिजौरी–हाडिमे–छिल्लीकोट सडकले १०/१० करोड बजेट पाएका छन् । त्यस्तै घोराही–मसिना– उजामन्दिर सडकले ५ करोड पाएको छ । त्यस्तै होलेरी ग्वारखोला सडकले साढे ४ करोड पाएको छ भने दंगीशरण पहुँच मार्ग, झेल्नेटा–धेनेखोला, दोघरिया–कुटीचौर र चमेरे गुफा पर्यटन मार्गले २ करोड पचास लाखका दरले बजेट पाएका छन् ।

त्यस्तै सुकौरा–वैवाङ–चरकमटिया सडकले २ करोड १० लाख तथा मग्जै अवलडाँडा र सिमलतारा–मूलाबारी सडकले २/२ करोड पाएको छ भने गौरीगाउँ–बेलटाकुरा, पाखापानी विहानीमार्ग, बिजौरी–मलवार, जंग्रहवा–खंग्रा, गोठुवा–सुनपथ्री र मटेरिया–सिरिया नाका सडकले डेढ करोडका दरले बजेट पाएका छन् ।

एक करोड बजेट पाउने सडकमा घोराही–मसिना–स्वर्गद्वारी, घोराही रिङरोड स्तरोन्नति, तुलसीपुर रिङरोड स्तरोन्नति, घोराही–घोडदौरा सडक रहेका छन् । सुकदेवा–फालावाङले ९० लाख, घोराही बेलभार–ओखराले ७५ लाख र घोराही–मसिना–सैघाले ५५ लाख बजेट पाएका छन् ।

बाँकी ५० लाख बजेट पाउने सडकमा बेला सिरियानाका, दमारघाट–नौशहरा, लालमटिया–सोनपुर, मौरीघाट–देवीघाट, घोराही–गिठेपानी–हात्तीखर्क, खैरा–कोठरी, बेलझुण्डी–टरिगाउँ, तुलसीपुर–राप्ती उद्यान, गुहारखोला–वनकट्टा–ढिकपुर, लमही–बबुराह, तल्लो फल्कापुर–माथिल्लो फल्कापुर–जखेरा, टरिगाउँ–कचिला, भरतमार्ग कमिरेचौर, कुइरेपानी–धारापानी, जुम्लेकुला–हाडीचार, गणेशमन्दिर–बालविकास मावि, सिसहनियाँ–करंगे, जुम्लेपानी–सुगाखोला, परस्पुर–रनियापुर, पोटली–मिरोली र श्रीमणी मार्ग रहेका छन् ।

त्यस्तै प्रदेश सरकारबाट ५० लाख बजेट पाउने अन्य सडकमा गढवा–पर्सेनी–रामनगर, दुइखोली–पाँचपोखरी, बाहुनडाँडा–बाह्रकुने, मदनभण्डारी लोकमार्गको घामटाँरी, घोराही १६ कार्यालय–भगवानपुर, बेलहरि–नापीडाँडा, हेमन्तपुर–कोठरी, जहजगाउँ–पर्दिया, बुधौराचोक–जंगवा, भमके–बालापुर, नयाँवस्ती–बाँसगजेडी, नारायणपुर रिङरोड, हेकुली–दंगीशरण, गोविन्दनगर–राप्तीपुल, झुमारे–खर्चवा, सिमलतारा–मूलाबारी, सौडियार–धर्ना, सिमठाना–खैरेनी, डोक्रेना–लरैना, बेलझुण्डी–जमेरा, झारबैरा–बिजौरी, बम्ने–खुमखानी, भुटनेटा–अमारे सडक रहेका छन् ।

त्यस्तै दाङमा ठूलो बजेटको रुपमा घोराहीको शवदाहस्थल निर्माणका लागि साढे तीन करोड विनियोजन गरिएको छ भने घोराही उपमहानगरभित्र जलाशय निर्माणका लागि पनि साढे तीन करोड बजेट छुट्याइएको छ ।

त्यस्तै नेत्रलालस्मृति रंगशाला घोराहीका लागि पाँच करोड बजेट छ भने नेत्रस्मृति भवन घोराही १७ का लागि एक करोड र तुलसीपुर शवदाहस्थलका लागि एक करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै नेसंविमा जग्गादाता स्मृति भवन निर्माण र घोराही अटोभिलेज क्षेत्रको पूर्वाधार विकासमा २/२ करोड बजेट छ ।

शहरी विकासतर्फ घोराही सेना ब्यारेकदेखि रानीजरुवा–बगालेको पूर्वाधार निर्माणमा १ करोड, घोराही १२ रतनपुर–हिलेखर्क–टिकारीको पूर्वाधार विकासमा २ करोड, गुरुकुल स्कूलदेखि दीपशिाखाहुँदै सेना ब्यारेकसम्म पूर्वाधार विकासमा १ एक करोड तथा अम्बापुर जग्गा विकास आयोजनाभित्र पूर्वाधार निर्माणमा एक करोड बजेट छ ।

पर्यटन पूर्वाधारतर्फ घोडदौरा सास्ंकृतिक डबलीमा डेढ करोड, बाह्रकुने दह बहुउद्देश्यीय पार्कमा डेढ करोड र लखन थापा पार्क घोराही १४ मा एक करोड बजेट छ । त्यस्तै सहिद स्मारक घोराही ११, जंगलकुटी वनस्पति उद्यान, बोटानिकल गार्डेन तुलसीपुर, बंगलाचुली पार्क, छिल्लीकोट पर्यटन विकास, चमेरे गुफा/सुके दह संरक्षणका लागि ५०/५० हजार बजेट छ ।

रिहार, पुरन्धारा झरना, ग्रीनपार्क तुलसीपुर, सौराहताल राजपुर, बराहक्षेत्र, अम्बिकेश्वरी मन्दिर, शिवालय मन्दिर, नेत्रस्मृति मार्क, ज्यामिरे दहको पर्यटन विकासमा पनि थोरै थोरै ५ देखि ३० लाखसम्मको बजेट छुटयाइएको छ ।

त्यस्तै सिचाइतर्फ नयाँ प्रविधिमा आधारित, ट्यूवेल, समृद्ध तराइ मधेश सिंचाइ कार्यक्रम आदि गरेर दश करोड बढीका योजना छन् भने जिल्लाका प्रायः अधिकांश खानेपानी आयोजनाको सुधारमा ५ देखि २८ लाखसम्मका योजना अघि सारिएको छ । खानेपानीतर्फ पनि करोड बढीकै योजना रहेका छन् ।

त्यस्तै सिस्ने खोला पुलमा ५ करोड छुट्याइएको छ भने च्याटीखोला पुलमा दुइ लाख २० हजार र जनरेलखोला पुलमा ९० लाख बजेट छ । तटबन्धतर्फ पातुखोला, सेवार गुर्जे, बहुलाखोला, खौरासोता र मटेरियामा गरी दुइ करोड बढीका योजना छन् ।

त्यस्तै राप्ती प्रादेशिक अस्पतालमा एआइसीयू सञ्चालन र सामग्री खरिदमा पचास लाख बजेट भने भवनको तला थप र कम्पाउण्डका लागि बहुबर्षीय योजनाअन्तर्गत ६ करोड बजेट छ ।

(साभारः नयाँ युगबोध दैनिक, २०७६ असार ६ गते, शुक्रवार)

Facebook Comments