• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमको बजेट झापा लैजान जनार्दनको चेतावनीः लोडसेडिङ अन्त्य गरेको सजायस्वरुप रुकुमलाई बजेट घटाइएको हो ?




सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले योजना पूर्व प्रि–बजेट भन्दा विस्तृत बजेटबारे सांसदको धारण माग्नु पर्ने धारणा राखेका छन् ।

बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा सांसद शर्माले यस्तो धारणा राखेका हुन् ।

‘हामीले व्यर्थमा समय फालिरहेका छौँ । हामीले समयको दुरुपयोग गरिरहेका छौँ । संसदमा यत्रो समयको दुरुपयो गर्नु जरुरी छैन । यो सिस्टम बदलौँ,’ उनले भने, ‘योजना पूर्व आउने प्रिबजेट भन्ने शीर्षकमा यसो दुइ–चार कुरा राख्यो । योजना पूर्व प्रिबजेट होइनकी विस्तृत बजेटबारे माननीयहरुका धारणा लिने, त्यसपछि बजेट बनाउने सिस्टको विकास गरौँ । छलफल पछि नगर्रौ, बजेट प्रस्तुत हुन्छ त्यही दिन पास गरौँ । यसो नगर्दा वायतमा समय खेर जाने हुनालले मैले यो सुझाव राखेको छु ।’

यस्तै सांसद शर्माले युवाहरुलाई विदेश पठाउने कुरा मात्र भएको भन्दै देशको शिर निहुरिए बताए । ‘मैले भन्नै पर्छ । देशभरी श्रम सहकारी गठन होला, तीनलाई तालिम दिएला, साधन स्रोत दिएला, अनि हजारौँ युवाहरुलाई काम दिइएला भन्ने सोचेको थिएँ । यस्तै हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउँला भन्ने सोचेको थिएँ । अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने अवस्था छ । देशको शिर निहुरिएको छ, म दुःखी छु । युवाहरुलाई विदेश पठाएर मात्र हुँदैन ।’

यस्तै पूर्व उर्जामन्त्रीसमेत रहेका सांसद शर्माले उर्जा मन्त्रालयको बजेटप्रति पनि असन्तुष्टि जनाए । ‘आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य हो । त्योगरे वापत मैले सजाय पाएँ । मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अँध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’

झण्डै २ करोड बजेट रहेको तर, यसले नपुग्ने भन्दै मिल्छ भने अर्को २ करोड थपिदिन उनले आग्रह गरे ।

मन्त्रालयगत रुपमा बजेटबारे धारणा राखेका सांसद शर्माले उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति पनि चर्को असन्तुष्टि जनाए । साथै उनले नेतामुखी बजेट बनेको भन्दै बताए । सांसद शर्माले भने, ‘२ ४० लेखेको छ । करोड हो कि लाख हो ?’ उनले अघि भने, ‘२ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु । यसले झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा लैजान मेरो सुझाव छ ।’

Facebook Comments