• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा भूम्याको रौनक: परम्परागत मौलिक संस्कृतिमा आकर्षण




रुकुमपूर्व भूमे गाउँपालिकामा दोस्रो बृहत् सांस्कृतिक प्रतियोगिता सञ्चालन भइराखेको छ ।

सोमबार उद्घाटन गरीएकोमा दोस्र्र्र्र्र्र्रो दिन भूमेमा भूम्या नाँच लगाएत परम्परागत मौलिक बोकेको कला साँस्कृतिको रौनक छाइरहेको छ । दोस्रो दिनमा भूम्या नाँच ८ समूहले प्रतिस्पर्धा गरेका थिए । जस्मा ७ समूह भूमे गाउँपालिका भित्रका वडाको रहेको थियो ।

रुकुमपूर्वको छिमेकी जिल्ला रोल्पा थबाङसँग ८ समूहले भूम्या नाँचमा प्रतिस्पर्धा गरेका हुन् । भूम्या नाँचमा परम्पारागत पोसाकमा सजिएर भू्म्या नाँच प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

भूमे गाउँपालिकाले अगिल्लो वर्ष देखि परम्परागत लोपअन्मुख नाँचलाई जगेर्ना गर्ने उद्देश्यले वार्षिक बजेट वियोजन गरेर प्रतिस्पर्धा गराई राखेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ‘अगिल्लो वर्षको भन्दा अहिलेको वर्षमा प्रतियोगिको सहभागि बढ्दो क्रममा रहेको छ’ उहाँले भन्नुभयो, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा उक्त परम्परागत नाँच हस्तान्तरण हुने छ ।’

प्रतिस्पर्धाको माध्यमबाट आफ्नो साँस्कृतिलाई सक्रिया रुपमा सहभागि जनाई अठार मगरातको मुख्य पर्व भूम्याको अवसरमा पालिकाले सबैको साझा चौतारीमा नाँचगान गरी झमघट गराउने अर्काे उद्देश्य रहेको अध्यक्ष बुढाले सुनाउनुभयो ।

५ गते सम्म सञ्चालन हुने परम्परागत साँस्कृतिक कार्यक्रम मंगलबार चार हजार बराबरको दर्शकको उपस्थिति रहेको आयोजक संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहलसिंह घर्ती मगरले जानकारी दिनुभयो । ‘भूम्या नाँचको प्रतियोगिता सकेको र आजबाट नचारु, मयूर, पैसेरु, फाँक र झोरेल्नी नाँचमा प्रतिस्पर्धा रहनेछ’ उहाँले भन्नुभयो, ‘परम्परागत नाँचमा पुराना पोसाकमा सजिएर प्रतियोगितामा सक्रिया सहभागि जनाई राखेका छन् ।’

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम पश्चिमको आयोजना र सह–आयोजना मौलिक सांसकृतिक कला केन्द्र र खाम मल्टी शोसल अर्गनाईजेशन रुकुमपूर्वको रहेको छ । मंगलबार भूम्या नाँचको प्रतियोगिता भएको हो । जेठ मसान्त भूमिको पूजा गरेर अहिले गाउँगाउँमा धुमधामका साथ नाँचगान गरेर मनाई राखेका छन् ।

भूम्या नाँच २२ नाँच नाच्ने गर्दछन् । उक्त नाँच ग्रामिण चालचलन तथा रितिरीवाजलाई प्रत्येक्ष चितरण गरिएको पाइन्छ । सुरुमा गुरु चाला तथा भूम्या नाँचको नामकबाट आरम्भ गर्ने गरेका स्थानीय अगुवाले बताउछन् । नाँचका नाम हात मिलाउने जसले एकअर्कामा सद्भाव मित्रता कायम रनख्ने साङ्केतिक जनाउँछ । खुकुरी नाँच जसले दैनिकीय कामकाजमा प्रयोग गरिन्छ ।

सबै चालाका नाँचले दैनिकीय चलनचल्टीमा आधारीत बनाएर झल्काइ राखेको छ । गाई दुने, फूल टिप्ने, साङ्ल बाते, निगालो निकाल्ने, दल्कनी नाँच, गुना बसाल्ने, तीन पाइले त्यसैगरी घुमाउने, एकहोरो, दोहोरी, रुमाल सपकाउने लगायतको नाँचको नामबाट प्रत्येक नाँचको फरक–फरक लयको बाजामा नाँचको नाम दिएको आधारमा हाउबाउ इसारामा नाँच्ने गर्ने गरेको भूमे २ काँक्रीका मदन रोका मगरले बताउनुभयो ।

यी नाँचमा पुराना पोसाकमा सजिएर नाँचगान गर्ने गर्दछन् । शिरमा धाका टोपी सहित पगरी घुठाएका हुन्छन् । त्यसैगरी मगर समुदायमा प्रचलित भेषभूषामा गुन्यू, चोली, पछ्यारी, गरगहना, गाडा, पटुका, चौवन्दी, खुर्पेटो लगाएतमा झकीझकाउ भएर बाहिरे घेरामा महिलाको लाइन र भित्रि घेरामा पुरुषको लाइनमा नाँच्ने गर्ने गर्दछन् ।

विभिन्न नाँच एकै अवसरमा देख्न पाउदा सहभागि सबै हर्षित छन् । उक्त प्रतियोगिता कार्यक्रमको भिडियो डकमेन्टरी निर्माण हुने छ ।

Facebook Comments