• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छानवीन गर्न सहसचिव नेतृत्वको समिति गठन




स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकोे अनियमिता छानविन गर्न सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई काम सुरु गरेको मितिले ७ दिन भित्र प्रतिवेदन बुझाउन समयसिमा तोकिएको छ ।

मन्त्रालयले उक्त समितिलाई विभिन्न १८ वटा बुँदामा केन्द्रीत रहेर छानविन अघि बढाउन भनेको छ ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उकपुलपति प्राडा संगिता भण्डारी र उनको समूहले अनियमितता गरेको भन्दै प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तारन्तार उजुरी परेको छ । सोही उजुरी सहित समग्र प्रतिष्ठानको क्षेत्रको बारेमा छानविन गरी प्रतिवेदन समिति बनाइएको हो,’ स्वास्थ्य सचिव रामप्रसाद थपलियाले भने ।

समितिका सदस्यहरुमा मन्त्रालयका लेखा अधिकृत ढुंण्डिराज पौडेल, मन्त्रालयका कानूनका उपसचिव पुष्करराज नेपाल, स्वास्थ्य सेवा विभागका उप स्वास्थ्य प्रशासक डा अर्जुन सापकोटा र मन्त्रालयका उपसचिव बाबुराम खनाल रहेका छन् ।

छानविन के के मा हुँदैछ ?
मन्त्रालयले उजुरीको आधारमा छानविनका क्षेत्रहरु समेत निर्धारण गरेको छ । उसले टोलीलाई अस्पताल प्रतिष्ठानको सञ्चालनको अवस्था के कस्तो रहेको ? प्रतिष्ठानको ऐन अनुसार कार्य भएको वा नभएको ? ऐनमा उल्लेखित पदाधिकारीहरुको अधिकार पदाधिकारीहरुले उपयोग गरेको नगरेको ? मन्त्रालयको निर्देशन कार्यान्वयनको अवस्था, सिनेटले गरेको निर्णयहरुको कार्यान्वयनको अवस्था, उपकरण र औषधि खरीद प्रक्रिया गुणस्तर लगायतका विषयमा छानविन गर्न भनिएको छ ।

यस्तै भुक्तानी हुनुपूर्व क्वालिटी जाँच भएको नभएको ? रकम खर्च हुनुपुर्वको कुन तह अधिकारीहरुको निर्णयबाट भएको ? स्टाफ नर्सको परीक्षा के कुन प्रक्रियाबाट गरिएको, काठमाडौँमा सम्पर्क कार्यालयको आवश्यकता र औचित्यता के ? सम्पर्क कार्यालयमा रहेको पूर्वाधार र सवारी साधन को कसले उपयो गरेको भन्ने बारेमा पनि समितिलाई छानविन गर्न भनिएको छ ।

यसैगरी उपकुलपति लगायतका पदाधिकारीहरुको उपस्थितिको अवस्था, पदाधिकारी तथा कर्मचारीको सेवा सुविधा भुक्तानीको अवस्था, टेण्डर खरीद भुक्तानी गर्दाको प्रक्रिया पुरा गरे नगरेको ? आन्तरिक नियन्त्रण प्रणालिको अवस्था के कस्तो रहेको ? संसदीय समितिले छानवीन गरी उठाएको विषयको संसोधनको अवस्था ?लगायतका विषयमा पनि छानविन गर्न भनेको छ ।

प्रतिष्ठानको उपकुलपतिमा नियुक्ती भए देखि नै प्राडा भण्डारी विवादमा तानिदै आएकी छन् । उनले नियुक्त गरेका रेक्टर रतिन्द्रनाथ श्रेष्ठले अनियमितताको प्रश्न उठाउँदै राजिनामा दिइसकेका छन् ।

उपकुलपति प्राडा भण्डारीले गरेको कार्यको विरोध गर्दै गत माघमा तीन साता भन्दा बढी समय कर्मचारीहरुले आन्दोलन गरेका थिए । त्यसबेला स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको नेतृत्वमा गएको मन्त्रालयको टोलीले माग सम्वोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको थियो । त्यसपछि पनि प्रतिष्ठानका पदाधिकारीहरु आफूलाई नसच्याएको भन्दै उजुरी परिराखेको थियो ।
(साभारः http://www.nepalihealth.com)

Facebook Comments