• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्गममा प्राविधिक शिक्षालय उद्घाटन, दाङ शैक्षिक हब बन्दैछः गौतम




दाङको दुर्गम गाउँपालिका राजपुरको साधारण मावि सालभौरीमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धार पशु विज्ञान पढाइ शुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलका प्रमुख सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा सल्लाहकार गौतमले दाङलाई शैक्षिक हब बनाउने योजनाअनुसार काम अघि बढिरहेको बताउनुभयो । पछिल्लो समय दाङमा कृष्णसेन बहुप्राबिधिक शिक्षालय, तुलसीपुर उपमहानगरपालिकाको साझेदारीमा तुलसीपुर बहुप्राबिधिक शिक्षालय, झण्डै डेढ दर्जन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र यो बर्षदेखि थप चार वटा विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको शुरुवात गरिएको उहाँले जानकारी दिनुभयो । दाङको सबैभन्दा धेरै पशुपालन हुने राजपुरमा पशु विज्ञान शुरु गरिएको भन्दै यसले जनताको जीवन र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले कृषिप्रति आकर्षण बढाउन यो शिक्षालय फलदायी हुने विश्वास व्यक्त गनुृभयो । नेकपाको सरकार बनेपछि मुलुक योजनाबद्ध समृद्धिको बाटोमा अघि बढेको पनि उहाँले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले राज्यले शिक्षाको सम्पूर्ण दायित्व लिनुपर्ने उल्लेख गर्दै नेकपाको सरकार बनेपछि त्यसका लागि योजनाबद्ध प्रयास भइरहेको बताउनुभयो ।

नेकपाका अर्का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले राजनीतिक आन्दोलनमा उठेको वैज्ञानिक र व्यवहारिक शिक्षाको एजेण्डा कार्यान्वायनको चरणमा गएको बताउनुभयो ।

Facebook Comments