• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले सेवा लिए




रुकुमपूर्व भूमे गाउँपालिकामा दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समापन भएको छ । जेठ ३१ र ३२ गते दुई दिने निशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भूमे गाउँपालिकाको आयोजनामा मनकामना डाक्टर क्लिनिक शिवानी फार्मेसी रुकुम पश्चिमको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य जीवन हाम्रो चाहाना भन्ने नारालाई साथकता तुल्याउनुका लागि गाउँपालिकाले वार्षिक कार्यक्रम अनुसार विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भूमे २ खाबाङ बगरमा सञ्चालन गरिएको थियो ।

दुई दिने विशेषज्ञ निशुल्क स्वास्थ्य शिविरबाट महिला २ सय ४३ जना र पुरुषले १ सय ९७ जना गरि जम्मा ४ सय ४० जनाले सेवा लिएको भूमे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक लालबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार भिआइए ३८ जना, भिडियो एक्सरे ९६ जना, परिवार नियोजन इन्पलान्ट महिलाले ७ जना त्यसैगरी ल्याब ८२ जना, आँखा उपचार १ सय ३० जना र पाठेघर खसेको ४ जनाले सेवा लिएका छन् । स्त्री विशेषज्ञ डाक्टर मानबहादुर केसी, जनरल विशेषज्ञ डाक्टर टोपेन्द्र कोइराला, आँखा विशेषज्ञ डाक्टर विष्णु खनाल भिआइए विशेषज्ञ स्टाप नर्स हृदयकली पौडेल लगायत १६ जना डाक्टरको टोलीले स्वास्थ्य शिविरबाट सेवा दिइएका थिए ।

शिविरमा जटिल खालका समस्या नदेखिएको पालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादवले बताउनुभयो । स्वास्थ्य चौकीमा विशेषज्ञ उपचारको सुविधा छैन्न उहाँले भन्नुभयो, विशेषज्ञ डाक्टरबाट सेवा दिने र यस पालिकाका स्वास्थ्य सम्बन्धि परिक्षण गर्ने, समस्या पत्ता लगाउने र नतिजा अनुसार आगामी दिनमा स्वास्थ्य सम्बन्धी कर्ययोजना निर्माण गर्ने मुख्य उद्देश्य रहेको संयोजक यादवले जानकारी गराउनुभयो ।

नागरिक स्वास्थ्य हुनु नै राज्य स्वास्थ्य हुनु हो पालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । जसअनुसार स्वास्थ्य इकाई स्थापना कर्मचारी व्यवस्थापन लगायत काम पालिकाको तर्फबाट भइराखेको बुढाको भनाइ रहेको छ । गत महिनामै भूमे ८ कोर्जामा दुई दिने विशेषज्ञ निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य शिविर मार्फत उपचार पाउँदा स्थानीय हर्षित छन् ।

Facebook Comments