• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यार्सा संकलन गर्न गएका आमाछोरीमाथि हतियार प्रहार, हेलिकोप्टरबाट उद्दार




यार्सागुम्बा संकलनका लागि रुकुम पूर्वको मैकोट पुगेका आमा छोरीलाई अज्ञात समुहले धारीलो हतियार प्रहार गरेको छ ।

मैकोटमा यार्सा संकलन गरेर घर फर्कदै गरेका ३८ वर्ष की आमा जुनकुमारी पुन र १४ वर्ष छारी रश्मी पुनमाथि अज्ञात समूहले लुटपात गरि धारीलो हतियार प्रहार गरेको हो । गम्भीर घाइते आमाछोरीमाथि हिजो साझ साढे ७ बजे तिर धारिलो हतियारको प्रयोगबाट लुटपाट गरिएको जनाइएको छ । उनीहरुलाई उपचारको लागी हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गम्भीर घाइतेको उद्धारमा गृहमन्त्रालयको सहकार्यमा भएको हो । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोका र पूर्वआपूर्तिमन्त्री गणेशमान पुनको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।

यसका साथै, यार्सा संकलनको क्रममा भीरबाट लडेर घाइते भएका रोल्पा थवाङका चिन्तन विकलाई समेत हेलिकप्टटरबाट उद्धार गरेर काठमाडौं पठाइएको छ । सांसद रोका र पूर्वमन्त्री पुनको पहलमा उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा लगिएको हो ।

गम्भीर घाइते बनेका आमाछोरीलाई स्थानिय स्तरमा सामान्य औषधि उपचार गरिएपनि थप उपचार संभव नभएपछि उनीहरुको उद्धार गर्नु परेको पूर्वमन्त्री पुनले बताउनुभयो । यस्तै, रोल्पा थवाङका ५८ वर्षीया चिन्तन विक समेत यार्ससा संकलनको क्रममा मैकोटको पुर्वाङमा भिरबाट लडेर गम्भीर घाइते बनेका थिए ।
तस्विरः मरिचमान पुन

Facebook Comments