• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनतामा निराशा पैदा गर्न अनर्गल प्रचार : मुख्यमन्त्री शाही




कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भईरहेको वताउनुभएको छ । आईतवार वीरेन्द्रगरमा भएको सिभिल वैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उदघाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गर्नुभयो ।

मुख्यमन्त्री शाहीले सरकारको नेतृत्वका विरुद्ध जनमानसमा भ्रम श्रृजना गर्दै संघीयता नै ठिक छैन भन्ने जनमत निर्माण गर्ने उद्धेश्यले गरिएका यस्ता प्रचारवाजी विरुद्ध जनता सचेत रहनुपर्ने वताउनुभयो । मुलुकमा कानुनी शासन रहेको वताउदै सरकारमा वस्नेहरुले भ्रष्ट्राचार गरेको पाईएमा कानुन वमोजिम दण्ड हुने वताउदै मुख्यमन्त्री शाहीले सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको प्रष्ट गर्नुभयो ।

संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानुनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्ने दावी गर्नुभयो । संघीयता विरोधी समुहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको दावी गर्नुभयो ।

संभावनै संभावनाहरुको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तिय संस्थाहरुको महत्वपुर्ण भुमिका हुने वताउदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक र रोजगारी श्रृजना गर्ने क्षेत्रमा वैंकहरुले लगानी गर्नुपर्ने वताउनुभयो । उहाँले साना तथा स्वरोजगारमुलक व्यवसायमा पनि लगानी वढाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले वैंकहरु नाफामुखी मात्रै भएको भन्ने जनगुणासोलाई पनि वैंकहरुले ख्याल गर्नुपर्ने वताउनुभयो ।

व्यवसायीको लगानी डुव्न नदिन उपभोगमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले लगानी सुरक्षाको वातावरण वनाउन प्रदेश सरकार तयार रहेको वताउनुभयो ।

सिभिल वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसद ठम्मर विष्ट, पदमवहादुर रोकाय र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीले वैंकको सफलताको शुभकामना दिनुभएको थियो ।

Facebook Comments