• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भूम्याको स्वागतमा फूलसँगै सेल्फी (फोटो फिचर)




प्रकृति र भूम्याजस्तै जोडिएका छन् फूल र जोवन । मगर समुदायको राष्ट्रिय पर्व भूम्याको शुरुवात नै फूल र जोवनबाट हुन्छ । अर्थात, भूम्याको स्वागतमा भर्भराउँदो जोवन ढल्काउँदै युवा युवती लेक चढ्छन्, फूलसँगै भूम्या पर्वलाई पनि वस्तीमा भित्र्याउँछन् ।

मगर समुदायको मुख्य पर्व सुरु भएको छ । शनिवार राति लेक तथा अग्ला पहाडमा बासबसी आज बिहान भूमि देवतालाई धारधुप हालिदिएर रुकुमपूर्वमा भूम्या नाँचको आरम्भ गरिएको हो । रुकुमपूर्वमा गाउँगाउँमा आजबाट विधिगत रुपमा धारधुप, लेकमा फूल टिपी लेकबाट गाउँमा जरेर गाउँमा भेडाको बली दिएर धुमधामका साथ नाँचगान गरेर मनाई राखेका छन् ।

भूम्यामा मगरहरू भूमि देउताको पूजा गर्छन् । भूम्या मनाउने जेठ मसान्त दिन देखि असार ५ गते सम्म मुख्या अवसरमा नाँचगान गरी मनाउछौँ भूमे २ काँक्रीका मदन रोका मगरले बताउनुभयो ।
अर्नीपानी सगुन बोकेर लेक जानेहरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन् । फूल लेकाली देवताको सगुनको रुपमा टिप्ने र अग्रहण गर्दछन् । उनीहरूले ल्याएको फूल गाउँको सबै घरमा पुर्याइन्छ ।

पूजारी गाउँलेले खटाएको हुन्छ उक्त पूजारीले लेकमा धजा, धारधुप तथा अक्षता सहित पूजारीले भूमि देवतासँग गाउँमा राम्रो होस् भनि बाचा कबुल गरेर लेकबाट नै शिरमा रङगीविरङगी फूल तथा मगर पोसाकमा लहरै लागेर नाँच्दै गाउँ जर्दछन् ।

पूजाको लागि गाउँमा एक मार (भेडा, बोका, कुखुरा) गाउँलोले तयारी गरिदिराखेका हुन्छन् । त्यस मारलाई पूजारीले गाउँभरी दुलाउँछ । त्यसलगतै गाउँमा महिलाहरूले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका–जमरा जस्ता घर लिपपोत गरेर निस्किएको फोहारलाई घरबाहिर फाल्छन् ।

त्यसैलाई नै बल हाल्ने बन्दछन् । बल हालेपछि पहिला तयारी गरिदा खिरी लोकोबाङ्गे नामक दिइएको हुन्छ । त्यसपछि बल पूजा अर्थात भूम्या नाचको नाममा परिन्त गरिन्छ । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ ।

रुकुमपूर्वमा पालिकाको नाम समेत यसै भूम्या पर्वबाट नै नामकरण गरिएको हो । भूमे गाउँपालिकाले अहिले वार्षिक कार्यक्रम आयोजना गरि भूम्या पर्वको अवसरमा विविध संस्कृतिक कार्यक्रम आयोजना गरेर यस पर्वलाई थप संरक्षण र प्रवद्र्धन गर्नमा ऊर्जा मिलेको स्थानीयको भनाई रहेको छ । यस वर्षमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना असार २ गते देखि खाबाङ बगरमा हुँदैछ ।

उक्त कार्यक्रमले मौलिक सांस्कृतिलाई संरक्षण गर्ने उद्देश्य रहेको पालिकाले जनाएको छ । उक्त सांस्कृतिक प्रतियोगिता गराई पर्यटन प्रवद्र्धनको लागि भिडियो डकुमेन्ट्री गर्ने आयोजक सँस्कृति तथा पर्यटन विकास केन्द्र नेपालका अध्यक्ष पहलसिंह घर्ती मगरले जानकारी दिनुभयो ।

तस्विरः जयमान बुढा

Facebook Comments