• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुगुम्याल थलोमा शुरु भयो भूम्या, गेट र प्रतिक्षालय उद्घाटन




घोराही १८ ढोडेस्थित लुगुम्याल थलोमा निर्माण गरिएको प्रवेशद्वार र प्रतिक्षालयको शनिवार उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो ।

यही थलोमा आइतवारदेखि भूम्या नाच शुरु हुँदैछ ।

तेजबीर घर्ती र जानसरी घर्तीको स्मृतिमा छोराहरु पृथ्वी घर्ती, हर्क घर्ती, जीवन घर्ती, राजकुमार घर्ती, भगवान घर्ती र घनबहादुर घर्तीले निर्माण गरेको ‘तेज–जान’ प्रवेशद्वार तथा प्रतिक्षालयको उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि चौधरीले मगर समुदायले आफ्नो संस्कृति जोगाउन गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

बिशिष्ठ अतिथि संविधानसभा सदस्य जुनकुमारी रोकाले पहिले अग्रजको स्मृतिमा बिसौनी बनाउने र रुख लगाउने गरेको स्मरण गर्दै त्यसकै आधुनिक रुप प्रवेशद्वार र प्रतिक्षालय भएको बताउनुभयो ।

लुगुम्याल खाम समाज दाङका बरिष्ट उपाध्यक्ष हरिलाल घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रदेश सदस्य जयवीर घर्ती, घोराही १८ का अध्यक्ष भरतमणि अर्याल, सदस्य कृष्ण घर्ती, नेपाल मगर संघ पाँच नम्बर प्रदेश सदस्य शारदा पुन, दाङका अध्यक्ष खलुप्रसाद पुनलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन लुगुम्याल समाज दाङकी सचिव लक्ष्मी बुढाले गर्नुभएको थियो ।

Facebook Comments