• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बैंकको अगुवाइमा धारापानी मन्दिरमा सरसफाई




ग्लोवल आइएमई बैंक लि. घोराही शाखाले पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा सरसफाई गरेको छ । शनिबार बैंकका प्रबन्धक डिल्लीराज भुषालको अगुवाइमा सम्पूर्ण कर्मचारी तथा शुभचिन्तकहरुको सहयोगमा सरसफाइ गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मन्दिर परिसर सरसफाई गरिएको बैंकका प्रबन्धक भुषालले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रमको उद्घाटन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो । साथै कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले मन्दिरको बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले मन्दिरको भौतिक निर्माणका गतिविधिहरुको बारेमा समेत जानकारी दिदै विभिन्न व्यक्ति र संस्थाहरुकै सहयोगले मन्दिरको विकास र स्तरोन्नती भएको बताउनुभयो ।

सरसफाई कार्यक्रम अन्र्तगत मन्दिर परिसरमा रहेको झारपात सफाई गर्नुको साथै भक्तजन तथा पर्यटकहरु हिड्ने पथहरुमा झाडु लगाइएको छ ।
साथै मन्दिरको सरसफाई व्यवस्थापनका लागि फोहोर राख्ने भाँडो समेत हस्तान्तरण गरेको छ । बैंकले ८ वटा फोहोर राख्ने भाँडो प्रदान गरेको छ ।

Facebook Comments