• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सानीभेरीमा बजेट निर्माणको चटारो




रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका जनप्रतिनिधीहरु आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम र ञयोजना तथा बजेट निर्माणको चटारोमा छन् ।

सबै स्थानिय तहरुले अषाढ १० गते भित्र आगामी वर्षको बजेट ल्याइसक्नु पर्ने व्यवस्था रहेकाले जनप्रतिनिधीहरु योजना तथा बजेट निर्माणमा जुटेका हुन।

गाउँपालिकाले कार्ययोजना निर्माण गरी बस्ती तथा टोलबाट आएका योजनाहरुलाई विषयगत समितिहरुको बैठक बसी टुङ्गो लगाउने काम भइरहेको सामाजिक विकास समितिका संयोजक बिर्खबहादुर विष्टले बताउनुभयो ।

११ वटै वडाबाट आएका योजनाहरुलाई आ आफ्नो क्षेत्र अनुसार छुट्याई विषयगत समितिहरुको बैठक भइरहेको र विषयगत समितिबाट पारित गरिएका योजना तथा प्रस्तावित बजेट गाउँपालिका स्तरको योजना तर्जुमा समितिमा पेश हुने र योजना तर्जुमा समितिले पास गरेका योजना तथा प्रस्तवित बजेट कार्यपालिकामा पेश गर्ने संयोजक विष्टले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले आगामी असाढ १० गते भित्र आर्थिक वर्ष २०७६/०७७ को बजेट जनतामझ पुर्याउने लक्ष राखेको बताउनु भयो ।

संघिय सरकारबाट र प्रदेश सरकारबाट आएको बजेट तथा अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र आन्तरिक राजस्वको श्रोत अनुमान गरी आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट निर्माण हुनेछ ।

Facebook Comments