अख्तियार दुरुपयोग अनुसन्धान अायाेगकाे टाेलीले देउखुरीमा सहायक वन अधिकृत रामज्ञाप्रसाद साहलाइ २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेकाे छ ।
सेवाग्राही बाट घुस लिदै गर्दा लमही बजारकाे एक जुस पसलबाट सहायक वन अधिकृत साह पक्राउ परेका हुन् । साअ सव वन डिभिजन कार्यालय वेलामा कार्यरत थिए। सामुदायिक वन दर्ता सिफारिस गरिदिए वाफत घुस रकम लिने क्रममा पक्राउ परेकाे अख्तियार स्राेतले जनाएको छ ।साहलाई अनुसन्धानकाे लागि अख्तियार दुरुपयोग अनुसन्धान अायाेग क्षेत्रिय कार्यालय नेपालगञ्जले नियन्त्रणमा राखेकाे छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।