• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उच्च माबि गोर्खा र अल्फामा पूर्ण सरसफाई सम्बन्धि योजना निर्माण




उच्च माबि गोर्खा र अल्फा आवासीय मावि घोराहीमा पूर्ण सरसफाई सम्बन्धि योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

घोराही उप–महानगरपालिका वडा नं.१४ को आोजनामा कार्यक्रम सम्पन्न भएको हो । घोराही उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले कार्यक्रमको उद्घाटन गर्दै बाल–बालिकाले पूर्ण सरसफाई अभियान एक्सनका रुपमा अगाडी लैजानुपर्ने वताउँनुभयो । पूर्ण सरसफाई अभियानमा बालबालिकाको महत्व पूर्ण भुमिका हुने भन्दै त्यसका लागि विद्यालयले पूर्ण सरसफाई योजना बनाई कार्यान्वय गर्नु पर्ने उल्लेख गर्नुभयो ।

त्यस अबसरमा वास फोरमका संयोजक गोविन्द खड्काले विद्यार्थीहरुलाई पूर्ण सरसफाईका सूचक,पूर्ण सरसफाई योजना निर्माणका श्रोत र बाल–बालिकाहरुलाई यक्तिगत आनीवानी परिर्वतनका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा गोर्खा उमाविका ४० र अल्फा माविका ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा घोराही उप–महानगरपालिका १४ का वडा सदस्य लक्षुमण बुढा, गलाम रशुल, मावि गोर्खाका प्रिन्सिपल मानसिंह घर्तीको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments