• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथामा रनिङ शिल्डको उपाधि तकसेरालाई




रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिकामा पालिकास्तरीय रनिङ शिल्ड बिहिबार समापन भएको छ । राष्ट्रीय खेलकुद परिषद्ले राष्ट्रपति रनिङ शिल्डको नियम परिमार्जन गरेपछि रनिङ शिल्ड सञ्चालन गर्ने जिम्मा पहिलो पटक स्थानीय तहले पाएको हो ।

रुकुम (पूर्व) मा तीन स्थानीय तहले नै राष्ट्रपति रनिङ शिल्ड समापन गरेको हो । पुथामा माध्यामिक विद्यालय आठ मध्य प्रतियोगितामा पाँच विद्यालयको प्रतिस्पर्धा रहेको थियो । तीन विद्यालय सहभागि हुन् नसकेकोमा विद्यार्थी यार्सा टिप्न पाटन तिर गएको कारण रहेको आयोजकले जनाएको छ । प्रतियोगिता पुथा १० महेन्द्र मावि तकसेरामा सञ्चालन गरिएको थियो ।

३८ अङ्क प्राप्त गरेर महेन्द्र्र मावि तकसेराले प्रथम स्थान हासिल गरी शिल्डको उपाधि जितेकोे हो । त्यसैगरी १० अङ्क प्राप्त गरेर पर्वत मावि कोल दोस्रो स्थान हासिल गरेकोमा सिद्धमण्डली मावि राङ्सी ३ अङ्क प्राप्त गरेर तेस्रो स्थान हासिल गरेको हो । स्थान हासिल गरेका खेलाडीलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिएको मावि तकसेराका प्रअ तथा खेलकुद प्रतियोगिता सञ्चालक समितिका सचिव खिमबहादुर बुढा क्षेत्रीले जानकारी दिनुभयो ।

सञ्चालित प्रतियोगिताहरु भलिबल, कवड्डी, एथलेठिक्स दौड, रिले त्यसैगरी उफ्रिने र फ्याक्ने, हाईजम्प, त्रिपलजम्प, लङजम्प, ज्यापलिङ थ्रो, सटफुट लगाएत खेलकुदमा छात्र÷छात्रा खेलाडीले भाग लिएका थिए । शिल्डको समापन कार्यक्रमका प्रमुख अथिति ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको रहेको थियो ।

स्थानीय तहस्तरबाट राष्ट्रपति रनिङ शिल्डले स्थानीय स्तरका विद्यार्थीको प्रतिभा प्रष्फुटन र अतिरिक्त क्रियाकलापमा सक्रिया सहभागि जनाइ विद्यार्थीले आगामी दिनमा आफ्नो प्रतिभालाई थप विकास गर्नमा टेवा पुग्ने मन्त्री बरालले भनाई राख्नुभयो । ‘गाउँपालिकाभित्रका विद्यार्थी तथा बालबालिकाको सर्वागीण विकासका लागि आयोजना गरिएको शिल्ड फलदायी हुने छ’ उहाँले भन्नुभयो, ‘बालबालिकाको चौतर्फी विकासमा लाग्नु पर्ने आवश्यक छ ।’

उहाँ पुथा जाने क्रममा भूमेका केहि विद्यालय र पुथाका केहि विद्यालयसँग अन्तरक्रिया गर्नुका साथै विद्यार्थीलाई पढाउनु पनि भयो । जहाँ आफ्नो कक्षागत स्तरको विद्यार्थीले शिक्षा लिन सकेका छैनन् बरालले जानकारी दिनुभयो । ‘शिक्षकको लापर्बाही रहेकोे कारणले विद्यार्थीले आफ्नो कक्षास्तरको ज्ञान प्राप्त गर्न सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘शिक्षक पोसाकमा उपस्थिति नरहेको साथै शिक्षक उपस्थिति नभई सत्तामा राखेको समेत पाएको छु ।’

विद्यालय सुधार गर्नुपर्नेमा स्थानीय जनप्रतिनिधि, अभिभावक र विव्यस चौतर्फी रुपमा सक्रिया भई गुणस्तरीय विद्यालय निर्माण गर्नमा लाग्नु पर्ने आवश्यक देखिएको मन्त्री बरालको भनाई रहेको छ ।
प्रथम पुथा उत्तरगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापन कार्यक्रममा ५ नम्बर प्रदेशका संसद् तेजबहादुर ओली, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओली त्यसैगरी पुथाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) रुकुमपूर्व (नेकपा)का सचिव सतमान पुन र सदस्य भीउमान घर्ती लगाएतले समापन कार्यक्रमको सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments