• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री बरालद्वारा स्वास्थ शिबिर उद्घाटन





रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ कोलमा आज निशुल्क स्वास्थ्य शिविर उद्घाटन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय रुपन्देही र जनस्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजना तथा प्राथामिक स्वास्थ्य कोलको समन्वयमा उक्त शिविर सञ्चालन गतिएको हो । उक्त स्वास्थ्य शिविरको उद्घाटन ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नु भएको छ । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै भन्नुभयो, विगत दुर्गम गाउँमा स्वास्थ्य अवस्था बुझ्ने र आगामी दिनमा शिविरबाट देखिएका समस्या पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको मन्त्री बरालले भनाइ राख्नुभयो । उक्त शिविरबाट उपचार हुन नसकेकालाई प्रदेश सरकारले नै अरु अस्पतालमा रिफर गरेर उपचार गरिदिने प्रतिबद्धता बरालले जनाउनुभयो ।

एक दिन मात्र सञ्चालन हुने भनिएको स्वास्थ्य शिविरमा लाभग्रहीको संख्या बढै आएमा समय थपिदिने आयोजकले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका छाला तथा योन रोग विशेषज्ञ डाक्टर राजेन्द्र बहादुर क्षेर्त्रा र बाल रोग विशेषज्ञ डाक्टर नेत्रबहादुर रानाबाट र प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टरबाट भिडियो एक्सरे, पाठेघर सम्बन्धी रोग, जनरल तथा सामान्य रोगका उपचार पाउने छन् ।

पहिलो पटक विकत ठाउँमा प्रदेश स्तरीय विशेषज्ञ डाक्टरबाट स्वास्थ्य शिविर पाउएपछि स्थानीय हर्षित छन् । स्वास्थ्य शिविरबाट आएका समस्यालाइ आगामी दिनमा थप डाक्टर लिइ स्वास्थ्य शिविर गर्ने प्रदेश सभाका सदस्य तेजबहादुर ओलीले जानकारी दिनुभयो ।

आज मन्त्री बरालसँगै ५ नम्वर प्रदेश सभाका सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली नेकपाका जिल्ला सदस्य भिउमान घर्ती र पालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बुढा क्षेत्री लगाएतको उद्घाटन कार्यक्रममा उपस्थिती रहेको थियो ।

Facebook Comments