• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाल विकासका लागि छुट्टै मोन्टेश्वरी कक्षा सञ्चालन




जेठ २९ – भूमे गाउँपालिका १ नम्बर वडाका सिद्धचौर माद्यमिक विद्यालयले यस शैक्षिक वर्ष २०७६/०७७ का लागि बाल विकासलाई विशेष प्राथमिकतामा राखेको छ । शैक्षिक गुणस्तर खस्किँदै गएको गुनासो चौतर्फी रुपमा बढेपछि विद्यालयले सो कदम चालेको हो । उक्त बाल विकास कक्षा सञ्चालनका लागि दुईजना तालिम प्राप्त शिक्षिका हरूको पनि व्यवस्था गरिसकिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिनुभयो । मोन्टेश्वरी विधिबाट पढाइ सञ्चालन हुने सो कक्षाका लागि सुरुमा सामाग्री जुटाउन पनि रकम अभाव भएको छ । अहिले विद्यार्थीलाई प्रोत्साहन दिनका लागि विद्यालयको आन्तरिक खर्चबाट नै दिवा खाजाको व्यवस्था गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतमान पुनले बताउनुभएको छ । खर्चका लागि रकम अपुग भए विभिन्न स्रोतहरु खोजी गरिने पनि उहाँले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर खस्किँदै गएको, अभिभावक र शिक्षक बिच दुरी बढ्दै गएकाले गुणस्तर शिक्षाका लागि तल्लो कक्षाबाटै सुधार्दै लैजानुको बिकल्प नै छैन । अहिले अभिभावकहरू शैक्षिक गुणस्तर खस्कनुमा विद्यालय नै दोषी रहेको भन्दै विद्यालयबाट निराश भएका छन् । यसका लागि पनि गुणस्तरीय शिक्षामा जोड दिई पुनः अभिभावकलाई जागरुक बनाउने लक्ष्य रहेको अध्यक्ष पुनले भन्नुभयो । सबै कक्षाका विद्यार्थीहरूलाई अनिवार्य अतिरिक्त शिक्षण गराइने पनि उहाँले जानकारी दिनुभयो ।

Facebook Comments