रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ कोर्चावाङलाई जातीय छुवाछूत तथा बालिघरे प्रथा मुक्त वडा घोषणा गरिएको छ ।
माडी ६ का वडाअध्यक्ष खर्क बहादुर पुनको अध्यक्षता एवम् प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा,माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन र जिल्ला समन्वय समितिका सदस्य कर्मलाल परियारको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले जातको नाममा भएको विभेद पुर्खाले लिएकाले त्यसम हामिमा अहिलेसम्म रह्यो तर हामी जब बुझ्ने भयौं तब हामी मान्छे,मान्छे एउटै हो भन्ने भवनासहित छुवाछूत मुक्त घोषणा गर्ने चरणमा प्रवेश रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी पुनले सम्पुर्णलाई छुवाछूत नगर्ने सम्बन्धि प्रतिबद्धता पत्रमा सपथ गराएर छुवाछूत मुक्त भएको घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लास्थित पत्रकार,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्तिथि रहेको थियो भने कार्यक्रमको विचविचमा विभिन्न समुहहरुद्वारा साङ्गितिक कार्यक्रम समेत भएको थियो ।
माडी ६ का वडा सदस्य कविराम घर्तिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव तिर्थ बहादुर घर्तिले गर्नुभएको थियो ।
कार्यक्रमको रेडियो माडी आवाज घर्तिगाउवाट प्रत्यक्ष प्रशारण भएको थियो ।
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।