• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदहरुको स्मृतिमा वडाकप खेलकूद




शहिद पुष्ष, नारायण, कृष्ण स्मृतिको सम्झनामा शुक्रबारबाट सुरु भएको प्रथम वडाकप फुटबल तथा कबर्डी प्रतियोगीताको आज समापन गरिएको छ ।

फुटबल प्रतियोगीतामा ९ वटा टिमको सहभागिता रहेका र उक्त खेलमा माल बिजौरी टोल बिकास संस्थाले प्रथम स्थान हासिल गरेको थियो, त्यसैगरि त्रीशक्ती टोल बिकास संस्था बासडवराले दोस्रो र धर्मशाला टोल बिकास संस्था हेमन्तपुरले तेस्रो स्थान हासिल गरेको थियो ।

त्यसैगरी पुरुष कबर्डी प्रतियोगीतामा बालुवा टोल बिकास संस्थाले पहिलो स्थान र दोस्रो स्थान त्रिशक्ती टोल बिकास संस्थाले हासिल गरेको थियो । महिला कबर्डी प्रतियोगितामा पनि वालुवा टोल बिकास संस्थाले प्रथम स्थान हासिल गरेको थियो ।

फुटबल प्रतियोगीताको प्रथम पुरस्कारमा प्रमाणपत्र, मेडल कप र नगद ७ हजार रूपैया , दोस्रो टिमलाई प्रमाणपत्र,मेडल, कप र नगद ५ हजार रुपैया र तेस्रो भएको टिमलाई प्रमाणपत्र र फुटबल प्रदान गरिएको थियो भने कबर्डी प्रतियोगीतामा महिला पुरुष दुबैतर्फ प्रथम भएको टिमलाई प्रमाणपत्र, मेडल, कप र नगद २ हजार र दोस्रो भएको टिमलाई प्रमाणपत्र मेडल र नगद २ हजार प्रदान गरिएको थियो ।

राम्रा र उत्कृष्ट खेलाडी उत्पादन गर्ने हेतुले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को आर्थिक सहयोग एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ युवा सञ्जालको आयोजनामा भएको उक्त प्रतियोगीतामा कबर्डी तर्फ उत्कृष्ट खेलाडी उमेश परियार, फुटबलमा उत्कृष्ट गोल रक्षक केम बुढा मगर र उत्कृष्ट गोलकर्ताका रुपमा रविन चौधरीलाई घोषणा गरि मायाको चिनो प्रदान गरिएको थियो ।

समापन एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलीले स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्दै खेलाडी भाईबहिनीहरु अनुशासित तरिकाले खेल सम्पन्न गरेकोमा बधाई अनि आगामी दिनहरुमा पनि यस्तै कुशलता पुर्वक खेल खेलेर वडा नं १८ को मात्रै नभएर समग्र दाङको नाम रोशन हुनेगरी खेल खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ बिजौरीका अध्यक्ष मुकेश वली, तुलसीपुर उपमहानगरपालिका वडा नं १९ कमनिष्ट पार्टिका सचिव लेखनाथ खत्री लगाएतले बिजयी खेलाडीहरुलाई बधाई अनि आगामी दिनहरुमा पनि यस्तै सफलता मिलोस् भनि शुभकामना दिनुभएको थियो ।

वडा नं १८ युवा सञ्जालका अध्यक्ष गणेश खड्काको अध्यक्षता तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यता भएको समापन कार्यक्रमको सञ्जालन तुलसीपुर १८ युवा सञ्जालका सह(सचिव रोशन थापाले गर्नुभएको थियो ।

Facebook Comments