• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिष्णु पोख्रेल र धनिराम थारुको स्मृति दिवसः सहिदपार्कमा वृक्षारोपन




माओवादी जनयुद्धको क्रममा राज्यबाट मारिनुभएका सहिदद्वय बिष्णु पोख्रेल र धनिराम थारुको स्मृतिमा राजधानीको गोकर्णस्थित सहिद पार्कमा बृक्षारोपण गरिएको छ ।

सो अवसरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय बामदेव गौतम र स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लगायतले सम्वोधन गर्नुभएको थियो ।

पोख्रेल त्यतिबेलासम्मकै माओवादीको माथिल्लो तहको नेता हुनुहुन्थ्यो ।

२०३८ सालदेखि २०४२ सालसम्म तत्कालीन नेकपा चौमका दाङ जिल्लाका सेक्रेटरी रहनुभएका पोख्रेल चौम बिभाजन भएर नेकपा मशाल र नेकपा मसाल भएपछि २०४२ सालमा मोटो मशालको केन्द्रीय सदस्य हुनुभएको थियो ।

२०४७ सालमा बर्दियाको पार्टी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका पोख्रेल २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य र सोही बर्ष भएको आम निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएको थियो ।

भेरी र कर्णालीका अधिकांश जिल्लाको पार्टी नेतृत्व गरिसक्नुभएका पोख्रेलले जनयुद्धको तयारीस्वरुप सञ्चालन गरिएको सिज मितेरी अभियानमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट नेतृत्व गर्नुभएको थियो ।

पोख्रेल र चौधरीको २०५५ जेठ २८ गते हत्या गरिएको थियो । २१ औं स्मृति दिवसका अवसरमा आज राजधानी र बर्दियामा कार्यक्रम गरिएको छ ।

Facebook Comments