• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्यकर्मी संगठनको स्थापना दिवसमा सहिदस्मृतिमा स्वास्थ्य शिविर




राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दाङको १४ औं स्थापना दिवसको अवसरमा सहिदस्मृति आवासीय विद्यालय वनकट्टामा वृहत स्वास्थ्य शिविर गरिएको छ ।

शिविरमा साढे चार सय विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, संगठनका केन्द्रीय सदस्य गोपीलाल ओली, सल्लाहकार नारायण घर्ती, पेशागत महासंघ दाङका कोषाध्यक्ष ठाकुर खनाल, जनस्वास्थ्य संघका प्रदेश सदस्य लेखनाथ न्यौपाने, परशुराम आरसी, कमला केसी, तेजकुमार परियार, शिक्षक माधव महरा, झबिन्द्र पौडेललगायतले बोल्नुभएको थियो ।

संगठनका जिल्ला अध्यक्ष बिष्णुकुमार गिरीको अध्क्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ नारायण पौडेलले धन्यवाद दिनुभएको थियो ।

संगठनका नगर इञ्चार्ज द्रोर्ण ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव विमल केसीले गर्नुभएको थियो ।

Facebook Comments