• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि मावि मेलचौरलाई




रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड को उपाधी जनज्योति माध्यामिक बिद्यालय दुली मेलचौरले हात पारेको छ । सानीभेरी गाउँपालिका ५ मेलचौरमा रहेको माविले १५ अंक सहित शिल्ड हात परेको हो ।

जनज्योति माध्यामिक बिद्यालय दुली मेलचौरले गाउँपालिकाका ११ ओटा बिद्यालयलाई पछि पार्दै १५ अंक प्राप्त गरेको हो । शिल्डको सोमबार एक कार्यक्रमका बीच सानीभेरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक बिर्खबहादुर विष्टले समापन गर्नुभयो ।

प्रथम हुँदै जनज्योति माध्यामिक बिद्यालय दुली मेलचौरले शिल्ड, मेडल, कप र प्रमाणपत्र हात पारेको छ । त्यस्तै १४ अंक सहित दोस्रो हुँदै सानीभेरी मावि गरायला बलिबाङले मेडल, कप र प्रमाणपत्र प्राप्त गर्यो भने १३ अंक सहित तेस्रो हुँदै बालज्योती मावि गिठाकोटले कप, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगीतामा विजयी हुने सबै खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकिय अधिकृत कुमारी रिमा मल्ल लगाएतले पुरस्कार, अबिर आवरण सहित बधाई दिनुभयो ।

शिल्डमा छात्र, छात्रा भलिबल, लामो तथा छोटो दुरीको दौड, हाइजम्प,लङ्गजम्प, त्रिपलजम्म लगायतमा प्रतिस्पर्धा भएको थियो ।।

Facebook Comments