• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लिफ्ट खानेपानीबाट ८२ घरधूरी लाभान्वित




रुकुम पश्चिम चाैरजहारी नगरपालिका वडा न. १२ का ८२ घरधुरी खानेपानीकाे पहुँचमा पुगेका छन् ।

सिस्नेरी – सानीखाेर्‍या – पाथीहाल्न लिफ्ट खानेपानी अायाेजना निर्माण भएपछि वडा न. १२ पाथीहाल्नका ८२ घरधुरी खानेपानीकाे पहुँचमा पुगेका हुन् । नगरपालिकाकाे ४५ लाख बजेट र स्थानीयकाे प्रतिघर २५ दिन श्रमदानबाट खानेपानी अायाेजना निर्माण गरिएको हाे ।

सिस्नेरीखाेला मुहानबाट १८ सय मिटर दुरीमा पानी लिएपछि उक्त क्षेत्रका स्थानीय खानेपानी पहुँचमा पुगेको वडा न. १२ का वडा अध्यक्ष टिकाराम अाेलिले बताए । उनका अनुसार यसअघि स्थानीयले राेक्सेपानी मुहानबाट २ घण्टा पानी बाेकेर नियमित काम सञ्चालन गरेका थिए । याे खानेपानी अायाेजना निर्माण भए सँगै अब स्थानीयले अाँगनमै गाग्री भर्ना पाउछन् उनले भने सबै घरधुरीमा अहिले पानी पुगेकाे छैन् अब १० दिनभित्र सबै घरमा धारा जाेड्छाैँ ।

वडा अध्यक्ष अाेलिले भने याे याेजना पूरा गर्न कुल ७२ लाख रकम खर्च भएको छ अपुग बजेट सम्बन्धित निकायमा माग गर्छौ । पानी घरघरमा पुग्न थालेपछि स्थानीयमा खुसीको सिमा नै छैन् । हामीले थाहा पाउने भएदेखि डाेकाेमा गाग्री बाेक्थ्याै अब त्याे दिन गयाे स्थानीय मङ्गली अाेलिले भनिन् बिहान ४ बजेदेखि नै पानी बाेक्नुपर्‍थ्यो घरमा काम गर्ने समय पुग्दैन्थ्याे अब ढुक्कसँग काम गर्न पाइने भाे समयकाे बचत हुन्छ ।

म ७० बर्षकाे भए अाजसम्म सरकार छैन् कि जस्ताे लागेको थियोे अब साँच्चिकै सरकार भएको महसुस गरेको बताउँछन् स्थानीय महाबिर डाङ्गी । उनले भने हाम्रो पुर्खाहरुले पनि दुई घण्टा हिडेर पानी बाेक्थे हामीले पनि त्यही गर्‍यौ अब छाेरा नातिलाई पानीको समस्या अन्त्य भाे । उनी भन्छन् अब गाउँमै सरकार अायाे केही हुन्छ कि जस्तो लाग्याे ।

अाइतबार नगर प्रमुख विशाल शर्माले एक अाैपचारिक कार्यक्रमका बिच खानेपानीकाे उद्घाटन गरेका थिए ।

Facebook Comments