• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामूहिक बाख्रापालन फार्मको उद्घाटन




रुकुम पश्चिम चाैरजहारी नगरपालिका वडा न. ६ मा सामुहिक बाख्रापालन फार्मकाे उद्घाटन गरिएको छ । जहारीखाेला कृषक बाख्रापालन समुहले सञ्चालन गरेको सामुहिक बाख्रापालन फार्मकाे नगर प्रमुख विशाल शर्माले रिबन काटेर उद्घाटन गर्नुभएको हाे ।

वडा न. १० का ७ जना युवाहरु मिलेर वडा न. ६ काे खर्चे पातलमा सामुहिक बाख्रा पालन सुरु गरेका हुन् । समुहको ६ लाख नगद र श्रमदानबाट बाख्रापालन सञ्चालन थालिएको हाे । बिदेशबाट फर्किएका जगबिर केसी , बेरोजगार तथा काम गर्न भारत जाने शक्ति केसी , गणेश खत्री , गृहणी भुमि केसी , मिना राना र बिद्यार्थी दलबहादुर केसी मिलेर सामुहिक बाख्रापालन सञ्चालन गरिएको छ ।

अहिलेसम्म बाख्रापालनमा कसैले सहयाेग नगरेको समुहका अध्यक्ष जगबिर केसीले बताउनुभयो । बाख्रापालन फार्मकाे उद्घाटन गर्दै नगर प्रमुख बिशाल शर्माले भन्नुभयो कसैले पनि ब्यवसायिक काम गर्छ भने त्यस्तालाई ५० प्रतिशत लगानी गर्छौं तर अनुदान खानकाे लागि मात्र गर्नेलाई सहयोग गर्दैनौं ।

नगर प्रमुख शर्माले भन्नुभयो चाैरजहारीमा सामुहिक कृषि उत्पादन गर्नु उदाहरणीय काम गरेका छाैँ त्यसमा पनि याे फार्म नमुना याेग्य फार्म बनाउनुपर्छ हामी सहयोग गर्छौं ।

जागिर खाएर मात्र राेजगार हुन् सक्दैन हामीले स्वराेजगार बनाउने हाे नगर प्रमुख शर्माले भने त्यसका लागि हामीले कृषिमा लगानी गर्ने भनेका छाै र बेराेजगार युवालाई राेजगार बनाउने हाम्रो लक्ष्य छ । उहाँले भन्नुभयो टुक्रे उत्पादन गरेर समृद्धि हुन् सक्दैन जसकाे लागि सामुहिक उत्पादनमा जाेड दिन्छौं ।

स्थानीय स्तरमा उत्पादनको मात्रा बढाई अायात घटाई निर्यात बढाउने स्थानीय सरकारकाे मुख्य उदेश्य रहेको नगर प्रमुख शर्माको भनाइ छ । अहिले सामुहिक बाख्रा फार्ममा ६५ वटा बाख्रा रहेका छन् ।

Facebook Comments